मलेसिया बिशेषसमाचारसमाज

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा माघी संक्रान्ती सम्पन्न।

मलेसिया :=क्वालालम्पुर, १९ जनवरी, आईतवारका दिन नेपाल सरकार संघिय मन्त्रालयका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा थारु कल्याणकारी सभा मलेसियाले “९औ बार्षिक उत्सव तथा माघी संक्रान्ती कार्यक्रम -२०२५” भब्यताका सम्पन्न गरेको छ ।
मलेसियाका लागि नव नियुक्त राजदूत डा.नेत्र प्रसाद तिमल्सिना विशेष अतिथि रहेको उक्त कार्यक्रमलाई नेपाली आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, प्रवासी नेपाली मञ्चका अध्यक्ष दयाराम कुमाल, ने.का. जनसम्पर्क समिति सभापति चोलाकान्त पंगेनी, पिएनसिसि संयोजक पूर्ण लिम्बू, कि.या.चु. अध्यक्ष दील कुमार केरुङ, नेपाल तामाङ घेदुङ अध्यक्ष बिक्रम तामाङ, तमु समाज अध्यक्ष समीर तमु, किरात राई यायोख्खा अध्यक्ष डम्बर राई, नेपाल मगर संघ, पत्रकार प्रतिनिधीले माघी संक्रान्ती  शुभकामना दिएका थिए ।

शुभकामना दिने क्रममा केही बक्ताहरुले बिना प्रसंग नेपाली राजदूतवासको सेवा प्रवाह लगायत पूर्व राजदूतहरुको कार्यक्षमता र कर्मचारीहरु प्रति कटाक्ष गरेपछि कार्यक्रमका विशेष अतिथि एवं नव नियुक्त राजदूत डा. नेत्र प्रसाद तिमिल्सिनाले आफू मलेसिया नआउदै आफ्नो नाम मुछेर अनलाईनहरुमा समाचार प्रकाशित हुदा अचम्मित भएको र कतै पत्रकारहरुको कलुशित भावनाबाट त्यस किसिमको समाचारहरु संम्प्रेशित भएको हो कि भन्ने शंसय रहेको बताउनु भयो ।

दूतवासले गर्ने सेवा प्रवाहको सन्दर्भमा सिमित मानव संसाधनबाट असिमित सेवा प्रवाह गर्नु पर्ने बाध्यता रहेकोले अत्याधिक दवावमा कार्यसम्पन्न गर्नु परिरहेको अवस्थामा दूतवास रहेको उल्लेख गर्दै नव नियुक्त राजदूत एवं कार्यक्रमका विशेष अतिथि डा. नेत्र प्रसाद तिमिल्सिनाले भन्नू भयो -सेवा प्रवाहको सवालमा दूतवास कोहि कसैसंग सम्झौता नगरी सदैव निस्वार्थ रुपमा कार्य सम्पादन गर्न प्रतिवद्ध हुनेछ । त्यसको लागि संघ-संस्था लगायत सामाजिक कार्य गर्ने ब्यत्तित्वहरुसंग सहकार्य गर्न तत्पर रहने छु ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल बहु जाति, बहु भाषी, बहु संस्कृतिका देश भएकोमा कुनै शंका नरहेको स्मरण गराउदै अनेक समस्याका बाबजुद पनि विदेशमा आफ्नो कला, संस्कार, संस्कृतिको जगेर्ना र सम्बर्द्धनमा लागि परेको कार्यक्रम आयोजक संस्थालाई धन्यवाद दिनु भयो । त्यसैगरि मलेसियामा भईरहेको अण्डर नाईन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तरगत नेपाल र बंगलादेश विचको खेल प्रत्यक्षदर्शी भएको प्रशंग कोट्याउदै माननीय मन्त्री ज्यूले भन्नू भयो, -थारु कल्याणकारी सभाको निमन्त्रणामा मलेसिया आएको भएपनि संयोगवस क्रिकेट खेल मैदानमै पुगेर नेपाली खेलाडीहरुलाई विभागिय मन्त्रीको हैसियतले उत्साह, उमंग, हौसला दिन पाउँँदा गौरव लागेको छ ।
कार्यक्रममा सहयोगी संघ-संस्थाका प्रतिनिधिहरु लगायत समाजसेवी, बुद्धिजीवी, पत्रकारहरुलाई थारु कल्याणकारी सभाले प्रसंशापत्र सहित सम्मान गरेको थियो । त्यसैगरि थारु कलाकारहरु पनि प्रमुख अतिथिबाट सम्मानित भएका थिए । नव नियुक्त राजदूतको स्वागतका लागि विभिन्न संघ-संस्थाहरुलाई थारु कल्याणकारी सभाले समय र मञ्च उपलब्ध गराएको थियो ।
थारु परिकार सहित स्थानिय थारु कलाकारका साथै अन्य कलाकारहरुबाट संस्कृतिक प्रस्तुति रहेको कार्यक्रमको सभापति ज्ञानचन्द्र चौधरी रहेको थियो भने संञ्चालन आर पि चौधरीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button