Year: 2026
-

वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए रोकिएको तलब, कार्यबाहक नगरप्रमुख इम्तियाज आलमको पहलमा निकासा सुरु
वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साताभित्रै महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब पाउन थालेका छन्। कार्यबाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका इम्तियाज आलम को पहलमा कर्मचारीहरूको तलब निकासा प्रक्रिया अघि बढाइएको हो। महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम…
-

जितपुरमा प्रहरी नेतृत्वमाथि अवैध असुलीको आरोप, व्यापारीले मागे निष्पक्ष छानबिन
बारा जिल्लाको जितपुर क्षेत्रमा कार्यरत इलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) उमेश उप्रेतीमाथि स्थानीय व्यापारी तथा व्यवसायीहरूलाई त्रासमा पार्दै अवैध रूपमा रकम असुली गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीय व्यवसायीहरूले प्रहरी सहायक हवल्दार नवराज लम्साललाई घुमुवा परिचालन गरी विभिन्न व्यापारिक क्षेत्रका व्यक्तिहरूसँग नियमित रूपमा रकम संकलन गराउने गरिएको दाबी गरेका…
-

बाराभरी विषादीयुक्त आँपको बिगबिगी, उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम
कलैया , २३ जेठ बारा जिल्लाका विभिन्न बजारमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको कार्बाइड (क्याल्सियम कार्बाइड) प्रयोग गरेर कृत्रिम रूपमा पकाइएका आँप खुलेआम बिक्री भइरहेको पाइएको छ। प्राकृतिक रूपमा पाक्नुपर्ने समय नपुग्दै बजारमा पहेँलो र आकर्षक देखिने आँप बिक्री हुन थालेपछि उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। जिल्लाको सदरमुकाम कलैया, जितपुर, सिमरा, निजगढ, महागढीमाई,…
-

पन्नादेवी कन्या माविको जग्गा आम्दानी विवाद: अध्यक्ष मण्डलद्वारा पत्रकार सम्मेलन, विधालयद्वारा तथ्यहिन समाचारको खण्डन
कलैया , २३ जेठ पन्नादेवी कन्या माध्यमिक विद्यालय, कलैयाको नाममा रहेको जग्गाको आम्दानी तथा बक्यौता रकम असुलउपर गर्ने विषयलाई लिएर पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति विद्यालय व्यवस्थापन पक्षले आपत्ति जनाएको छ। यसै सन्दर्भमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डलले शनिबार बिहान विद्यालय परिसरमै पत्रकार सम्मेलन गरी विद्यालयको जग्गा आम्दानी, बक्यौता असुली प्रक्रिया तथा आफ्नो…
-

रास्वपा रौतहटको नयाँ नेतृत्व टुंगो लगाउन सर्वसम्मति र निर्वाचन दुवै विकल्प खुला
राजकुमार यादव , रौतहट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक अधिवेशनमार्फत जिल्ला नेतृत्व चयन गर्न लागेका बेला रौतहटमा नेतृत्वका आकांक्षी नेताहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ। रास्वपाको प्रथम रौतहट जिल्ला अधिवेशन शनिबार जिल्लाको मध्य भेग गरुडामा सुरु भएको छ। जिल्ला नेतृत्व सर्वसम्मतिबाट चयन गर्ने प्रयास जारी रहे पनि सहमति जुट्न नसके निर्वाचन प्रक्रियामार्फत नयाँ…
-

रास्वपा कलैया–१८ को नेतृत्वमा रूपेश कुमार चौरसिया चयन, प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न।
बारा, कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. १८ को प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन प्रमुख अतिथि अफरोज आलमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अधिवेशनबाट रूपेश कुमार चौरसिया वडा सभापतिमा चयन भएका छन्। त्यसैगरी उपसभापतिमा सुरेन्द्र कुमार राम, सचिवमा दिपेन्द्र महतो धानुक, सह–सचिवमा रोहेल कुशवाहा तथा कोषाध्यक्षमा…
-

रास्वपा कलैया–२३ को नेतृत्व नवल किशोर साहलाई, प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न
कलैया बारा । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. २३ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन प्रमुख अतिथि जाटाशंकर सहनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अधिवेशनबाट नवल किशोर साह सभापतिमा चयन भएका छन्। त्यसैगरी मनोज कुमार साह उपसभापति, देवराज पटेल सचिवमा चयन भएका छन्। सदस्यहरूमा सुजित कुशवाहा, पानालाल पटेल, दिनबन्धु पटेल…
-

मुक्तेश्वरनाथ महादेव मन्दिर प्राङ्गणमा सरसफाई कार्यक्रम सम्पन्न
कलैया, बारा । कलैया उपमहानगरपालिका–२ स्थित मुक्तेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। समाजिक अभियान्ता हिरामती आर्याको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय वडा सदस्य, जनप्रतिनिधि, पत्रकार, महिला, समाजसेवी तथा श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो। मन्दिर परिसरलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले मन्दिर वरपर फैलिएको फोहोर संकलन गर्नुका साथै…
-

गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति, नेता-कार्यकर्तालाई नलल्कार्न चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सभापति थापाले गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै वडा सभापतिले सदस्यता अद्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिने चेतावनी दिएका थिए । त्यसप्रति नेता खड्काले कर्णाली प्रदेशको आयोजनामा नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै आपत्ति जनाएका हुन्…
-

आजको मौसमः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ ।…
You May Have Missed














