Year: 2026
-

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान
काठमाडौं(जस)– पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको छ । वीरेन्द्रनगरस्थित शुभम होटलमा सोमबार आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ । जिप्रकाले कर्णाली प्रदेश प्रहरी…
-

‘प्रतिनिधिको टुंगो नलाग्दै उम्मेदवारी घोषणा गर्न मिल्दैन’
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशनको बन्दसत्र एक दिन ढिला हुने भएको छ । सोमबार बिहान ८:०० बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका सार्वजनिक भए पनि मंगलबारका लागि सरेको छ । अझैसम्म पनि महाधिवेशन प्रतिनिधि संख्या निश्चित भएको छैन । अर्कोतिर नेताहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसार सुरु गरिसकेका छन् । प्रतिनिधि टुंगो लगाउने कार्यमा…
-

गढीमाईको १३औँ नगरसभा सम्पन्न, ५९ करोड २२ लाखको बजेट सार्वजनिक
राजकुमार यादव ( रौतहट ) रौतहट स्थित गढीमाई नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। “मेरो नगर म बनाउँछु” भन्ने नारासहित सोमबार सम्पन्न १३औँ नगरसभामा नगर प्रमुख श्याम प्रसाद यादव ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्। नगरसभाका…
-

प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
रौतहट । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले सङ्घीय सरकारको अनावश्यक एवं गैरकानुनी हस्तक्षेपले सर्वसाधारणले सेवा, सुविधा पाउन नसकेको टिप्पणी गरेकी छन् । सङ्घीय सरकारको अनावश्यक एवं गैरकानुनी हस्तक्षेप नरोकिए जनता अब त्यसको प्रतिकार गर्न तयार रहेको उनले बताइन् । पालिकाबाट दिँदै आएको सेवा, सुविधाहरू रोक्ने षडयन्त्रसहित सङ्घीय सरकारले हस्तक्षेप गरेको गुनासो उनले गरिन् ।…
-

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ । पहिलो चरणको मतदान गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९…
-

रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया नियमसम्मत रहेको निष्कर्ष
काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसा कानूनी प्रक्रिया पालना नगरी जाँचपास गरेको देखिएपछि तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाइएको होे । यसैगरी, घटनामा संलग्न रहेको आरोप लागेका…
-

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
काठमाडौं ,नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद गैरे नेतृत्वको प्यानलले प्रभावशाली जित हासिल गरेको छ। अध्यक्षसहित अधिकांश पदमा संस्थापक समूहका उम्मेदवारले विजय प्राप्त गरेका छन । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा रामप्रसाद गैरेले १८६ मत प्राप्त गर्दै किशोरकुमार केसीलाई ९५ मतमा सीमित…
-

वीरगञ्जमा वडा सदस्यहरूसँग कार्यवाहक नगर प्रमुख आलमको अन्तरक्रिया, विकास र सुशासनमा जोड
वीरगञ्ज, असार ६ । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम ले वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूसँग सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममा महानगरभित्रको विकास निर्माण, सुशासन, जनसेवा तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत छलफल भएको थियो। सहभागी वडा सदस्यहरूले आफ्ना वडाका आवश्यकता, चुनौती, जनचासोका विषय तथा विकासका प्राथमिकताबारे…
-

चितवन महाधिवेशनका लागि नेत्र केसी नेतृत्वको मलेसिया टोली आज नेपाल आउँदै
चितवन, असार ६ । भोलिदेखि चितवनमा सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन मलेसियास्थित पार्टीको नेतृत्व टोली आज नेपाल आइपुग्ने भएको छ। मलेसियाबाट आउने टोलीको नेतृत्व सभापति नेत्र केसी ले गर्नुभएको छ। टोलीमा उपसभापति किरण थापा, सदस्य कमल चन्द, सल्लाहकार शिव थापा तथा समाजसेवी योगेन्द्र कुँवर सहभागी हुनुहुन्छ। उहाँहरू महाधिवेशनमा…
-

काठ तस्करीविरुद्ध संयुक्त छापा : परसवाबाट सालका गोलिया र फर्निचर प्रयोजनका काठ बरामद
वीरगञ्ज । हिजोदेखि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा काठ तस्करीसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि पर्साको सबैया क्षेत्रमा वन संरक्षण निकायहरू सक्रिय बनेका छन्। त्यसैक्रममा सबैया साझेदारी वन उपभोक्ता समूह, सब डिभिजन वन कार्यालय सबैया, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ परसवा क्षेत्रमा छापा मारेर अवैध रूपमा लुकाइछिपाइ राखिएको…
You May Have Missed














