Year: 2026
-

सिमरा प्रहरीको निरीक्षणमा एसपी कुँवरको जोड :नागरिकमैत्री र परिणाममुखी प्रहरी सेवा अपरिहार्य”
कलैया । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले इलाका प्रहरी कार्यालय सिमराको निरीक्षण तथा अनुगमन गर्दै नागरिकमैत्री, पारदर्शी र उत्तरदायी प्रहरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। सोमबार बिहान ९ः०० बजे सम्पन्न निरीक्षणका क्रममा एसपी कुँवरले कार्यालयको समग्र कार्यसम्पादन, शान्ति सुरक्षा अवस्था, अपराध अनुसन्धानको प्रगति, सेवा प्रवाह, अभिलेख व्यवस्थापन,…
-

जोहरको पेकन नानसमा SSF सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न, ६० भन्दा बढी नेपाली श्रमिक लाभान्वित
जोहरबारु (मलेसिया) । मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीबारे सुसूचित बनाउने उद्देश्यले जोहरबारुको पेकन नानस क्षेत्रमा सामाजिक सुरक्षा कोष (Social Security Fund–SSF) सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। International Labour Organization (ILO) नेपालको सहयोगमा सञ्चालित MiRiDeW (Migration, Rights and Decent Work) परियोजनाअन्तर्गत प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेसिया र North South Initiative (NSI)…
-

टाइब्रेकरमा हिमालयन एफसीलाई हराउँदै एन पेनाङ एफसी विजयी, आशिष राईको उपचारका लागि RM ४,००० सहयोग।
क्वालालम्पुर (मलेसिया) । नेपाली समुदायबीच एकता, खेलकुद र सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलमा एन पेनाङ एफसीले हिमालयन एफसीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। खेलले दर्शकलाई अन्तिम क्षणसम्म उत्साहित बनाएको थियो भने मैदानमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि खेलको…
-

बाग्लुङका प्रमुख सेनानी तारा बहादुर खड्का वीर दल गणको गणपति नियुक्त
बाग्लुङ । नेपाली सेनाका प्रमुख सेनानी तारा बहादुर खड्का वीर दल गणको गणपतिमा नियुक्त भएका छन्। उहाँले उक्त गणको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गरेसँगै विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ। प्रमुख सेनानी खड्का लामो समयदेखि नेपाली सेनामा अनुशासित, इमान्दार तथा कर्तव्यनिष्ठ अधिकृतका रूपमा परिचित छन्। राष्ट्र र जनताको…
-

भाटभटेनीमा कोरियाली ब्रान्डको १४ दिने विशेष प्रवर्द्धन अभियान सुरु।
काठमाडौं,:=नेपाल–कोरिया व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भाटभटेनी सुपरमार्केटमा कोरियाली लोकप्रिय ब्रान्डहरूको १४ दिने विशेष प्रवर्द्धन अभियान सुरु गरिएको छ। नेपालका लागि दक्षिण कोरियाली दूतावास र भाटभटेनी सुपरमार्केटको संयुक्त आयोजनामा सुरु भएको अभियानको उद्घाटन नेपालका लागि दक्षिण कोरियाली राजदूत पाक थे योङको उपस्थितिमा सम्पन्न भएको हो। अभियानअन्तर्गत कोरियाका चर्चित ब्रान्ड नोङ्सिम, लोट्टे, चोकोपाई, रेमेन लगायतका…
-

एनआरएनए आईसीसी बैठकबाट मलेसियाका दुई प्रतिनिधि एशिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा मनोनित।
काठमाडौँ/क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को बैठकबाट मलेसियाको प्रतिनिधित्व गर्दै श्री राकेश प्रसाद महतो र श्री नारायण अधिकारी एशिया प्यासिफिक क्षेत्रीय उप–संयोजक जस्तो गरिमामय जिम्मेवारीमा मनोनित भएका छन्। उहाँहरूको मनोनयनसँगै मलेसियामा रहेका नेपाली समुदायमा उत्साहको वातावरण सिर्जना भएको छ। लामो समयदेखि प्रवासी नेपालीहरूको हकहित, एकता र संस्थागत विकासमा सक्रिय…
-

कलैया यातायात कार्यालय फेरि विवादमा, लाइसेन्स प्रक्रियामा ‘सेटिङ’ भएको आरोप।
कलैया, साउन ९ । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी लिखित तथा ट्रायल परीक्षा सञ्चालनसँगै फेरि अनियमितता र ‘सेटिङ’ भएको आरोप सार्वजनिक भएको छ। कार्यालयले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। स्थानीय स्रोत तथा केही सेवाग्राहीका अनुसार जनकपुरबाट सरुवा भई हालै कलैया आएका कार्यालय प्रमुख रामस्वार्थ महतोको अवकाश हुन करिब तीन…
-

तीन वर्षे कार्यकाल पूरा गरी निर्मला केसी आचार्य स्वदेश फिर्ता, कमल कोइरालाको नेपाली राजदूतावास क्वालालम्पुरमा स्वागत।
क्वालालम्पुर। नेपाली राजदूतावास, क्वालालम्पुरमा तृतीय सचिव (लेखा) का रूपमा करिब तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेपाल फर्कनुभएकी श्रीमती निर्मला के.सी. आचार्यलाई राजदूतावासले भावपूर्ण विदाइ गर्दै आगामी निजामती सेवाको यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ। राजदूतावासले जारी गरेको शुभकामना सन्देशअनुसार आचार्यले आफ्नो कार्यकालमा आर्थिक प्रशासन, लेखा व्यवस्थापन तथा कार्यालय सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र…
-

नेपालमा दुई लाखभन्दा बढी अवैध वेबसाइट तथा एप बन्द, अनलाइन सट्टेबाजीविरुद्ध सरकारले कडाइ।
काठमाडौँ । नेपाल सरकारले अनलाइन सट्टेबाजी, अवैध वित्तीय कारोबार तथा साइबर ठगी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले दुई लाखभन्दा बढी अवैध वेबसाइट तथा मोबाइल एप बन्द गरेको जनाएको छ। प्राधिकरणका अनुसार अनलाइन बेटिङ, जुवा र गैरकानुनी वित्तीय कारोबार सञ्चालन गर्ने विभिन्न वेबसाइट तथा एपहरूमा नेपालभित्रबाट पहुँच रोक्ने काम निरन्तर भइरहेको छ।…
-

४४औँ बि.पी. स्मृति दिवसका अवसरमा नेपाल तरुण दल बाराद्वारा कार्यक्रम सम्पन्न।
बारा, ४४औँ बि.पी. स्मृति दिवसको अवसरमा नेपाल तरुण दल जिल्ला कार्य समिति बाराले एक विशेष श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गरेको छ। नेपाल तरुण दल जिल्ला कार्य समिति बाराका अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य एवं…
You May Have Missed














