अन्तराष्ट्रिय

डिपफेक रोक्न भारतले नयाँ नियम बनाउने

काठमाडौँ ।भारतका संघीय मन्त्री अश्विनी वैष्णवले बिहीबार डिपफेकको सामना गर्न सरकारले चाँडै नयाँ नियमहरू कार्यान्वयनमा ल्याउने बताए ।

मन्त्रीले यस्ता सामग्रीको सृजना र प्लेटफर्म दुबैलाई अनुसन्धानको दायरामा राखेर गलत देखिदा बित्तिकै कारबाही गरिने बताउँनु भएको छ । ‘नयाँ नियमहरू वा नयाँ कानून ल्याउने वा अवस्थित ढाँचालाई परिमार्जन गरेर यसको नियन्त्रण गरिने छ,’ वैष्णवले उल्लेख गरेका छन् ।

यसका लागि तत्काल काम शुरु हुने र अबको केही साताभित्र नियमावलीको मस्यौदा तयार गर्ने उनले बताए । मन्त्री वैष्णवले डीपफेकका विषयमा प्रतिक्रियाहरू बुझ्नका लागि शिक्षाविद्, उद्योगी निकायहरू र सामाजिक सञ्जाल कम्पनीहरूका प्रतिनिधिहरूसँग परामर्श गरिएको जनाकारी बताए ।

मन्त्रालयका अनुसार आगामी १० दिनभित्र डिपफेक पत्ता लगाउने, गलत सूचना फैलिन नदिने, प्रतिवेदन संयन्त्रलाई सुदृढ गर्ने र जनतामा चेतना जगाउने गरी चार किसिमले कारबाहीयोग्य वस्तु पहिचान गरिने छ ।

डिपफेक भनेको एआई उपकरणहरू प्रयोग गरेर अनुहार र शरीरलाई डिजिटल रूपमा परिवर्तन गर्नको लागि बनाइएको व्यक्तिको भिडियो हो जसबाट उनीहरू अरू कोही जस्तो देखिने गर्छन्। यो सामान्यतया दुर्भावनापूर्ण वा गलत जानकारी फैलाउने उद्देश्यले गरिन्छ।

भर्खरै सामाजिक सञ्जालमा भारतीय चलचित्र अभिनेत्रीहरूको यस किसमिले बनाइएका नक्कली भिडियोहरू देखा परेको छ जसले देशभर गहिरो आक्रोश पैदा गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button