अपराधराजनीतिसमाचारसमाज

कुलेश्वरमा प्रहरीको गोली प्रहारपछि लागुऔषधसहित नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं — काठमाडौंको कुलेश्वर क्षेत्रमा प्रहरीले गोली चलाएर लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरेको हो।

प्रहरीका अनुसार पक्राउका लागि सञ्चालन गरिएको विशेष अपरेशनमा ब्यूरोका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा टोली खटिएको थियो। घटनापछि दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण तथा बरामद भएको लागुऔषधको परिमाण सार्वजनिक हुन बाँकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button