राजनीतिराष्ट्रिय

शेखरको ‘खबरदारी सभा’ मा सम्भावित उमेदवार र पदाधिकारी अनुपस्थित

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै कांग्रेसको इतरसमुहले बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा आयोजना गरेको खबरदारी सभा फितलो देखिएको छ।

संस्थापन पक्षले अन्याय गरेकाले ४० प्रतिशत हिस्सा चाहिने मागसहित तामझामका साथ आयोजित ‘खबरदारी सभा’ मा शेखर समूहका शीर्ष नेता नै अनुपस्थित देखिएका छन् ।

सभामा समूहका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका शीर्ष नेता तथा टिकट पाउने सम्भावित उम्मेदवार उपस्थित छैनन् । भेलामा केन्द्रीय सदस्यको उपस्थिति पनि पातलो देखिएको छ।

हिजो मात्रै स्वयम्भूमा बसेको शीर्ष नेता, केन्द्रीय सदस्यलगायतका नेताकार्यकर्ताको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा न्यायोचित टिकट बाँडफाँटका लागि पार्टी सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाउनका लागि सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

जसमा टिकटको माग गर्दै देशभरका नेता कार्यकर्ता उपस्थित हुने भएकाले भेलामा हुने उपस्थितिले भेलाको उद्देश्य जबरजस्त स्थापित हुने अनुमान गरिएको थियो । तर, कार्यक्रममा केही केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु मात्र उपस्थित भएका छन् ।

शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button