अहमदिया संघ नेपाल द्वारा रक्तदान कार्यक्रम सम्पन्न

80

बीरगन्ज, १७ मंसिर
सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’भन्ने नारा सहितआज विन्दावासिनीको प्रसौनी भाठामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विन्दावासिनी गाउँपालिका वडा नं ५ मा भएको रक्तदान कार्यक्रममा ३०जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा विन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अहमदिया संघ नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारी अध्यक्षतामा सम्पन्न्न भएको छ।

सो कार्यक्रममा विन्दवासनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष मोहन राउत अहिर लगायतकाको सहभागिता रहेको अहमदिया संघ नेपालका पर्सा ईन्चार्ज हासिम अहमदले जानकारी गराए । यस संस्थाले बिगत लामो समय देखि यस्ता बिभिन्न किसिमका हरु गर्दै आएको छ। हावाहुरीमा , भुकम्प पिडित तथा कोरोनाको बेलामा रहत सामग्रीहरू वितरण गरेका छ।

Leave A Reply

Your email address will not be published.