अन्तराष्ट्रिय

चीनमा गत महिना कोरोनाबाट २३९ जनाको मृत्यु

बेइजिङ– विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अन्त्य हुने भनिए पनि यसको खतरा अझै धेरै देशहरूमा कायम छ। 

कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाबाट मृत्यु हुने क्रम रोकिएको छैन । यद्यपि चीनले अधिकांश रोकथामका उपायहरू हटाइसकेको छ ।

गएको जुन महिनामा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढेको जनाइएको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जुन महिनामा २३९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

चीनले बिहीबार कोभिड–१९ को फैलावट रोक्न विगतमा धेरै कडा नियमहरू लागू गरिएको बताएको छ । तर विगतमा धेरैजसो रोकथामका उपायहरू हटाइएका थिए। 

रोकथामका उपाय हटाएपछि जुन महिनामा ज्यान गुमाउनेको संख्यामा ठूलो वृद्धि भएर २३९ पुगेको हो। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार मे महिनामा १६४ जनाको मृत्यु भएको र अप्रिल र मार्चमा भने कुनै पनि मृत्यु भएको छैन।

सन् २०२० को सुरुमा चीनले शून्य कोभिड रोकथाम रणनीति अपनाउन थालेको थियो। विशेष गरी कडा लकडाउन, क्वारेन्टाइन, सीमा बन्द र अनिवार्य सामूहिक परीक्षण जीवन बचाउन महत्त्वपूर्ण भएको छ।

तर डिसेम्बरमा केही तयारी पछि उपायहरू खुकुलो पारियो र हटाइयो । जसका कारण कोरोना संक्रमितको संख्यामा अन्तिम ठूलो उछाल आयो, जसमा करिब ६० हजार जनाको मृत्यु भयो। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button