मधेससमाचारसमाज

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन ईकाई समिती कलैयाको ९ औ साधारणसभा सम्पन्न

२१ पुष बारा। नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन ईकाई समिती कलैयाको ९ औ साधारणसभा सम्पन्न भएको छ । मालपोत कार्यालय बाराको प्राङ्गणमा साधारणसभा सम्पन्न भएको छ ।  प्रमुख अतिथि जिल्ला अदालत बाराका प्रमुख न्यायाधीश पुर्णेस्वर उपाध्यायले लेखापढी कानुन ब्यवसायी एशोसिएशनका सबै सदस्यहरुको नाम अधावधिक गर्ने बताएका छन । साथै उनले नया परिचय पत्र समेत बितरण गर्ने बताएका छन । सम्पत्तिको सुरक्षा गर्न र संरक्षण गर्न भने सारा नेपालिको सम्पती भएकाले श्रेस्तालाई बचाउनु पर्नेमा उपाध्यायले जोड दिए । 

कार्यक्रमका जिल्ला मालपोत कार्यालय बाराको प्रमुख मालपोत अधिकृत राजेश गिरिले लेखापढी ब्यवसायी पुर्ण रुपमा ईमान्दार भएर जनताको काम गर्नुपर्ने बताए । मुस्कान सहितको सेवा प्रवाह मेरो प्रथम चाहना भएको बताउदै अधिवेशनले सबैको साझा नेतृत्व चयन गर्न सुझाव दिए । नमिल्ने काम तपाईहरु नलिन आग्रह गर्दै गिरिले सेवाग्राहीलाई सम्झाएर पठाउन लगाएको बताए । 

कार्यक्रममा बोल्दै कानुन ब्यवसायी एशोसिएशनका जिल्ला समन्वय समिती बाराका अध्यक्ष पन्नालाल कुश्वाहाले अधिवेशनको सफलताको कामना गरे । कुश्वाहाले आउने प्रतिनिधि पदाधिकारीले जिम्मेवारी लाई पुर्ण ईमान्दार भएर निर्वाह गर्नुपर्ने बताए । कुश्वाहाले आम जनताको मालपोत बिषयको हरेक समस्या समाधानमा हाम्रो भुमिका हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जितनारायण पटेलले सुभकामना मन्तब्य दिएका थिए । 

कार्यक्रममा बोल्दै कलैया शाखा अध्यक्ष बृजकिशोर यादवले एतिहासिक रुपमा ९ औ साधारणसभा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अध्यक्ष यादवले आफुले सबैलाई मिलाएर अगाडी बढिरहेको र जनताको सुलभ सेवा प्रवाहमा सबैको हातेमालो रहेको बताए । यादवले आजै बन्द शत्र हुने र त्यहाबाट नया समिती चयन गर्न सर्वसम्मतिको प्रयास गरिने र सो नभए चुनावमा जाने जानकारी गराए । ७ सय ५८ जना कलैया ईकाईमा मात्र कानुन ब्यवसायी सदस्य रहेको र यी सबैलाई समान किसिमको ब्यवहार गरिदै आएको ईकाई समिती कलैयाका अध्यक्ष बृजकिशोर यादवले बताए ।

कार्यक्रममा बिशिस्ट अतिथी बारा उधोग बाणिज्य संघका उपाध्यक्ष दिपु गुप्ता,गोपाल सेवा समिती बाराका अध्यक्ष जङ्गबहादुर यादव,कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष जट्टाशन्कर सहनी,सिमरा ईकाईका अध्यक्ष पवन पोखरेल,सिमरौनगढ ईकाई अध्यक्ष रामलाल यादव,

लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैयाका सचिव दिनेश पटेलले सन्चालन गरेको कार्यक्रममा स्वागत बिरेन्द्र यादवले गरेका थिए ।आजै हुने बन्द शत्रमा सहमति गरेर यहि कार्यसमितिलाई दोहोर्याउने नभए चुनाव गरिने बुझिएको छ । सहमती नभए ईकाई कलैयाका बर्तमान अध्यक्ष बृजकिशोर यादव र लेखापढी कानुन ब्यवसायी एशोसिएशनका मधेस प्रदेश सदस्य जितनारायण पटेल बिच ब्यानल सहित चुनावि प्रतिस्पर्धा हुने समन्वय समितिका अध्यक्ष पन्नालाल कुश्वाहाले जानकारी गराएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button