अन्तराष्ट्रिय

चीनमा बढ्दै छ बेरोजगारीको असर

यो वर्षको अप्रिलमा चीनमा भएको एक सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेरका समूहका युवाको बेरोजगारी २० दशमलव ४ प्रतिशत देखियो। यो आफैमा एउटा कीर्तिमान हो। त्यसको एक महिनापछि नै विश्वविद्यालय र व्यावसायिक शिक्षालयबाट थप एक करोड १६ लाख पास आउट भए। यिनको व्यवस्थापन त झन् चिन्ताको विषय हुँदै हो।

कोभिड महामारीका कारण लिइएको जिरो कोभिड नीति र त्यहाँ लगाइएको लकडाउन संसारका अन्य देशको तुलनामा कष्टकर र आर्थिक रूपले क्षतिजन्य थियो नै। तर त्यस समयमा भन्दा बेरोजगारी समस्या अहिले छ। कोरोना महामारी अगाडिको भन्दा पनि बेरोजगारी समस्या अहिले धेरै छ। अन्य देशमा भने कोरोना कालमा भन्दा पछिल्लो समय बेरोजगारी समस्या घटेको छ।

उदाहरणको लागि अमेरिकामा सन् २०२० मा बेरोजगारी समस्या पिकमा पुगेको थियो। सो समयमा १४ दशमलव ८५ प्रतिशत बेरोजगारी समस्या थियो। २०२१ मा त्यो घटेर ९ दशमलव ५७ तथा अहिले ६ दशमलव ५ भएको छ।

राष्ट्रिय तथ्यांक विभागका प्रवक्ता फु लीगुइले पत्रकार सम्मेलनमा जनाए अनुसार नै अगस्ट महिनादेखि ग्रामीण क्षेत्रको बेरोजगारीको तथ्यांक सार्वजनिक गरिएको छैन। उनले शिक्षित बेरोजगारीको तथ्याङ्कले पढाइप्रति निराशा बढ्ने भएका कारण यो बन्द गरिएको बताए। उनले अन्यको हकमा बेरोजगारी यथावत् रहे पनि शिक्षित बेरोजगारीको सङ्ख्या गत वर्षको भन्दा बढी भएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button