मधेससमाचार

बाराका नवआगन्तुक प्रजिअ अधिकारीको पत्रकारसँग भेटघाट

कलैया,
जिल्लाको समग्र बिकासको लागि सबैको साथ सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी ( प्रजिअ) बसन्त अधिकारीले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय बारामा गृहमन्त्रालय अन्तर्गत विपत व्यवस्थापनबाट सरुवा भई हाजिर भएका प्रजिअ अधिकारीले बुधबार पत्रकारहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रम यस्तो बताएका छन्।
प्रजिअ अधिकारीले २०६३ सालमा भुमिसुधार कार्यालय बारामा २० दिन कामकाज गरेको र मामाघर कलैया उपमहानगरपालिका वडा १८ मोतिसरमा रहेकोले बारा जिल्लाबाट परिचित रहेको बताएका छन्। साथै आफु समान्य प्रशासन मन्त्रालयको प्रबक्ता भई समेत कामकाज गरेकोले मेडियासँग घुलमिल रहने बताएका छन्।
आफु जिल्ला प्रशासन कार्यालयमा प्रजिअको रुपमा कामकाजको अवधीमा जिल्लामा शान्ति, सुरक्षाको अनुभूति नागरिकले महसुस गर्ने गरी काम गर्ने बताएका छन्।
उक्त पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा पत्रकारहरुले दिएको सुझाव तथा प्रश्नमा जिल्लाको समग्र विकासमा स्थानीय, सरोकारवाला निकाय र पत्रकारहरु सहयोग आवश्यक रहेकोले सत्यको पक्षमा कलम चलाउन आग्रह गरेका छन्।
बिश्व प्रसिध्द गढिमाईको पन्चबर्षिय मेला यहि मँसिर १ गतेदेखि शुरु हुने भएकोले आफु एकदमै सम्बेदनशील रहेको बताउदै गढिमाई पन्चबर्षिय मेलाको सुरक्षा तथा ब्यवस्थापनमा सुक्ष्म तरीकाले निगरानी गर्ने बताएका छन्। साथै जिल्ला प्रशासन कार्यालयलाई समेत चुस्त दुरुस्त बनाउदै सेवाग्राहीहरु छिटोछरितो सेवा उपल्बध गराउने गरी कामकाज अगाडी बढाएको समेत प्रजिअ अधिकारीले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button