२५ असोज बारा । नागरिक उन्मुक्ति पार्टी बाराले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य को उमेदवारहरु लाई शुभकामना तथा छलफल कार्यक्रम आज दास गेस्ट हाउस कलैया मा गरेका छन ।
नागरिक उन्मुक्ति पार्टी बारा का अध्यक्ष रामचन्द्र चौधरी को अध्यक्षता कार्यक्रम समपन भएको थियो ।
उक्त कार्यक्रम मा नागरिक उन्मुक्ति पार्टी बाट बारा क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य को उमेदवार भुवन चौधरी प्रदेश सभा सदस्य १क बाट महिला उमेदवार राधा चौधरी प्रदेश सभा सदस्य १ख बाट उमेश जयसवाल निर्वाचन क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्य तेजबहादुर भगत निर्वाचन क्षेत्र न ३ बाट प्रतिनिधि सभा सदस्य भिखारी राउत थारु प्रदेश सभा सदस्य ३ क बाट सुरेन्द्र प्रसाद साह क्षेत्र ४ क बाट ननदन राउत ले उमेदवारि दिएका हुन ।
त्यसै गरि समानुपातिक उमेदवार मधेस प्रदेश सभा सदस्य को लागि १ न मा रामचन्द्र चौधरी मधेसी महिला समानुपातिक उमेदवार कबिता कुमारी महिला समानुपातिक उमेदवार उर्मिला महतो को नाम सिफारिस भएको छ ।
न्याय पहुच शिक्षा रोजगारी बिकास तथा देश उनन्ती प्रगति को लागी एक भोट रेशम चौधरी यानी ढकिया( मुजेला)छाप मा मतदान गर्न जिल्ला अध्यक्ष रामचन्द्र चौधरी र उमेदवार हरु ले सम्पुर्ण जनता हरु सङ आग्रह गरेका हुन ।