कपिलवस्तु – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन मंगलबारबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । मुलुकका विभिन्न जिल्ला, भारतलगायत देशबाट प्रतिनिधि महाधिवेशनमा आएका छन् ।
काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो । सात दिनसम्म चल्ने महाधिवेशनमा महासचिव चन्दले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र संशोधित विधान पारित गर्ने केन्द्रीय सदस्य भेषराज भुसालले जानकारी दिनुभयो ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द समूहले नयाँ पार्टी गठन गरेको थियो । तर चन्द समूह पनि विभाजित भइसकेको छ । विप्लव समूहले आगामी मंसिरको निर्वाचन बहिष्कारको नीति लिएको छ ।