काठमाडाैँ – ‘रामराज्य रथयात्रा’ काठमाडाैँ पुगेकाे छ। पशुपति विकास काेषले ९ बजे रथयात्राकाे स्वागत कार्यक्रम राखेकाे छ।
६० दिनको यात्रामा रहेको रथ हिजो राती ७ बजे १३ औँ दिनमा काठमाडौँ स्थित पशुपति धाममा पुगेको हो । रथ आज यहाँबाट पोखरा जाँदैछ । लगभग ५ वटा गाडी, ५० जनाको सङ्ख्यामा साधु सन्त आएका छन् । एउटा बसलाई भारु ३५ लाख लागतमा सजाएको छ ।
श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ काठमाडाैँ पुगेकाे हाे ।
भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्नु, आपसी भाइचारा बढाउनु र रामसीताको भएर हामीले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गराउने लगायत प्रमुख उद्देश्यका रथयात्रा सुरू भएकाे हाे ।
नेपालको जलेश्वर, जनकपुर, हेटौँडा, नारायणगढ हुँदै यात्रा काठमाडाैँ पुगेकाे हाे । यही असोज १८ गते अयोध्याको राम मन्दिरबाट साधुसन्तको लावालस्करका साथ आरम्भ भएको यस रथ यात्राले ६० दिनसम्म नेपाल र भारतको विभिन्न २७ ठाउँको भ्रमण गर्नेछन् भने १५ हजार किलोमिटरसम्म यात्रा गर्नेछन् ।
क्यानाडा नेपाल बाट साभार