प्रतिबन्धित विदेशी मुद्रा राखेको आरोपमा इमरान खान माथि मुद्दा दायर
इस्लामाबाद । पास्कितानको अपदस्थ प्रधानमन्त्री इमरान खानलाई देशको संघीय अनुसन्धान एजेन्सीले प्रतिबन्धित विदेशी कोष प्राप्त गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
एफआईआरका अनुसार, वूटन क्रिकेट लिमिटेडका मालिकले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ अन्तर्गतको बैंक खातामा “अवैध कमाएको” रकम ट्रान्सफर गरेको आरोप लागेको हो ।
पार्टीका नेताहरुमाथि विदेशी विनिमय ऐन उल्लंघन गरेको आरोप लागेपछि पूर्व प्रधानमन्त्री खान माथि मुद्दा दायर गरिएको छन् ।