मलेसिया बिशेषसमाचारस्वास्थ्य

अस्तुको पर्खाइमा राकेशका परिवार ।

मलेसिया :=वैदेशिक रोजगारीको लागि मलेसिया आएका ओखलढुंगा जिल्ला सिद्धीचरण नगरपालिका बर्नालु ४ का राकेस राई र उनकी श्रीमती मलेसियाको जोहोर राज्यको तामान सेम्पाक भन्ने ठाउँमा एकै कम्पनीमा काम गर्थे।

श्रीमती उन्को आफ्नो करार अबधि सकिए पछि स्वदेश फर्किन्छिन मलेसियामा रहेका श्रीमन (राकेस) कम्पनी छोडेर अबैधानिक बनेर नजिकैको एउटा नेपाली रेस्टुरेन्टमा काम गर्न थाल्छ्न केही समय काम गरेपछी उनि आफै मलेसिया मै रेस्टुरेन्ट खोल्ने प्रस्ताव गर्छन नेपाल बाट परिवारले रिण गरेर केही पैसा पठाइदिन्छिन तेहि पैसाले राकेसले स्थानीयबासिको सहयोगमा मलेसिया को जोहोरमै रेस्टुरेन्ट सुचारु गर्छ्न ।

केही समय नबित्दै रेस्टुरेन्ट भनेजस्तो नचल्नेकुराले चिन्तित देखिन्थे एक्लै हिड्थे बस्थे साथीहरूका अनुसार पटकपटक आत्माहत्याको प्रयास गरिरहेका हुन्थे एकप्रकारको मानसिक चिन्ताले समस्या ग्रस्त उनी झुण्डिएर मर्ने भन्दै मल्टिप्क (तार) बोकेर हिडिरहेको बेला केही साथीहरूले सम्झाइ बुझाइ गरेर राखेका थिए केही दिन नबित्दै उनी हराउँछन ।

नजिकै आसपास साथीहरूले सोधिखोजी गर्दा समेत केही अत्तोपत्तो नलागेपछि कतै गएको होला भनेर खासै चासो देखाएका थिएनन् । एक दिन उनीहरु बस्ने होस्टल देखि केही पर झाडिमा म्यान्मार देशका कामदार साग टिप्न जानेक्रममा केही दुर्गन्द आएको भन्दै हेर्दा उनी झुण्डिएर मरेको र उन्को अस्तिपन्जर मात्रै बाकी रहेको मासु सबै कुहिएर झरिसकेको अबस्थामा फेला पारेका थिए।

केही साथीहरू र नजिकै रहेका आफन्त हरुले समेत राकेशनै रहेको एकिन गरिसकेपछी प्रहरीले अस्तिपण्जर उठाएर अनुसन्धान थलेको छ नेपाल मा रहेको राकेशको परिवार र राई गाउँले नत कुनै चाडबाड मनायो नत कुनै हर्सोत्सल्हा छ गाउमा एतिबेला सिङ्गो गाउँ सोकमा छ।

राकेसका घरमा भर्खरै कि एउटा छोरी छ्न सबै कुरा बुझ्ने भैसकेकी छैनन् बुडा बाउ आमा छ्न कहिले झाक्री लाइ हेराउने कहिले छोरो भुलाउन पिउने एसै वृद्ध बा आमाको दैनिकी गुज्रिएको छ एता मलेसियामा रहेको नेपालि दूतावासमा सम्पर्कमै छ्न परिवार उनिहरुका अनुसार मलेसियन प्रहरीले नेपाल मा भएका परिवार को DNA चेक गराएर प्रमाणीत भए मात्रै राकेश हुन भन्ने एकिन गर्न सकिने बताएको छ भन्छन् ।

सिङ्गो गाउँ कहिले सम्म शोक बेहोर्नुपर्छ अन्योलमा छ । राकेस जिवित नभए परम्परा अनुसार दाहसंस्कार गर्नपाए हुन्थो भन्ने ठूलो आपेक्षा लिएर बसेका छ्न। परिवार पनि कसरी हो त्यो मलेसियन प्रहरीले माग गरे अनुसार DNA चेक गराउने कति के खर्च लाग्ने हो कमाउन गएको छोरा त उतै बित्यो ठूलो खर्च गर्न सक्ने स्थितिमा छैन । कानुनी प्रक्रियामा कसैले सघाउ पुर्याएर जे छ राकेशको अस्तिपन्जर या अस्तु को प्रतीक्षामा छ्न ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button