खेलकुदमलेसिया बिशेषसमाचारसमाज

दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता २०२५’भव्य रुपमा सम्पन्न।

क्वालालम्पुर:=मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले आयोजना गरेको ‘दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता २०२५’भव्य रुपमा सम्पन्न भएको छ।

मलेसियामा छरिएर रहेका नेपाली हरुलाई एकत्रित गर्ने,एक आपसमा मेलमिलाप र अफ्ट्यारो मा हातेमालो गर्ने र म्याग्दीको पहिचान देश बिदेश मा पुर्याउने मुख्य उदेश्य का साथ सम्पन्न उक्त कार्यक्रम २९ तारिख चिनियाँ नया बर्ष को अवसर पारि प्रमुख अतिथि नेपाली राजदुतावास का प्रथम सचिव खिमानन्द भुसाल ले उद्घाटन गर्नु भएको थियोे। 
साथै उद्घाटन समारोहमा विभिन्न संघ संस्थाका पदाधिकारी गैरआवासीय नेपाली संघ मलेसिया का सदस्य खेमराज खत्रि साथै मलेसिया स्थिति हिमालयन बैंकका प्रमुख प्रदिप आचार्य लगाएत ले उपस्थित जनाउनु भएको थियोे।

उक्त कार्यक्रममा १३ टिम भलिबल खेलाडीलाई पछि पार्दै प्रथम मोना मलेसिया कप हात पारेको नवलपुर को भलिबल टिमले दोस्रोपटक पनि मोना मलेसियाको कप हात पार्न सफल रह्यो भने दोस्रो मा GS को टिम र तेस्रो मा आयोजक मोना मलेसिया भएको छ।उक्त कार्यक्रम मा प्रथम ले आर एम ३३३३ दोस्रोले आर एम २२२२ र तेस्रो ले आर एम ११११ पुरस्कार पाएका छन। 

उक्त कार्यक्रम मा भाग्यशाली चिठ्ठा प्रतियोगिता पनि समाबेश गरिएको थियोे जसमा (प्रथम आइफोन १३ चिठ्ठा नं२१९ पवन श्रेष्ठ)(दोस्रो सामसुङ स्मार्ट फोन चिठ्ठा नं३८८ ईन्द्र बहादुर वाइवा)(तेस्रो चिठ्ठा नं ०३ मोहन बुढा मगर) र चौथोमा स्मार्ट वाच चिठ्ठा नं १२७ दिपक के.मगर ले भाग्यशाली उपहार पाउन सफल हुनुभएको छ। 

उक्त कार्यक्रम समापनमा मोनाका सक्रिय सदस्य हरु,महासचिव केश रोका मगर,उपाध्यक्ष जोगलाल पुन,कोषाध्यक्ष छम बाहदुर साहि,महिला सदस्य रविना गरुङ्ग लगायतका पदाधिकारी हरुलाई अध्यक्ष पुर्ण प्रसाद रोका लगाएत संथापक अध्यक्ष रामचन्द्र केसी,विशिष्ट अतिथि तथा बाग्लुङ सेवा समाजका संथापक अध्यक्ष/प्रवासि नेपाली मञ्चका महासचिव कृष्ण खड्का,संरक्षक बम सुनुवार समाज सेवि पुकार पुन लगायत ले सम्मान गर्नु भएको थियोे। रामचन्द्र केसी को सन्चालनमा रहेको उक्त कार्यक्रममा बाक्लो दर्शक हरुको उपस्थितिमा थियोे । 

कार्यक्रम को सभापति मोना मलेसियाका अध्यक्ष पुर्ण प्रसाद रोका को समापन मनतब्य मा आउदा दिनमा पनि मलेसियामा रहेका संघ सस्था संगै हातेमालो गरेर अफ्ट्यारो र दुख पिडा मा परेका जुनकुनै नेपाली लाई साथ सहयोग गरि एक आपसमा मेलमिलाप हातेमालो गर अगाडि बढ्न प्रतिबद्धता जनाउदै दोस्रो मोना मलेसिया कप २०२५भव्य रुपमा समापन गर्न पाउँदा सबै सहयोगी खेलाडी तथा खेलाडी हरुलाई धन्यवाद ब्यक्त गदै कार्यक्रम भव्य र सभ्य रुपमा समापन भएको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button