मधेससमाचार

मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा पर्साको पोखरिया अस्पतालको स्तरोन्नत्ती गर्ने प्रतिबद्धता

कार्तिक ११ वीरगंज___ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको पोखरिया अस्पतालको स्तरोन्नत्ती गर्ने प्रतिबद्धता जनाएका छन् ।पर्साको जगरनाथपुर गाँउपालिकाको सुहपुरमा आइतबार आयोजित जनमत पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा मुख्यमन्त्री सिंहले पोखरिया अस्पतालको स्थलगत अनुगमन गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

पोखरिया अस्पतालको स्तरोन्नत्ती लगायतका माग राखेर राष्ट्रि मुक्ति पार्टी नेपालका नेता कार्यकर्ताले असोज १३ गतेदेखि ११ दिनसम्म अस्पतालमै धर्ना दिएको थियो । आइतबार अस्पतालको अनुगमनपछि राष्ट्रिय मुुक्ति नेपालका केन्द्रिय सदस्य निजामुदिन समानी लगायतका नेताहरुसंग छलफल गर्दै मुख्यमन्त्री सिंहले अस्पतालको भौतिक पूर्वाधार,अवश्यक जनशक्ति, उपकरण लगायतका समस्या प्रदेश सरकारले समाधान गर्ने प्रतिबद्धता जनाए ।

पोखरिया अस्पतालमा राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज १३ गते देखि सुरु गरेको ११ दिने धर्ना संघीय सरकारका मन्त्री राजकुमार गुप्ता तथा प्रदेश सरकारका मन्त्री प्रमोद जैसवालले एक महिनाभित्र अस्पतालका समस्या समाधान गराउन पहल गर्ने प्रतिबद्धता जनााएपछि स्थगीत गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button