समाचार

देवतालको समग्र बिकासका लागि सर्व दलिय बैठक बाट योजना माग गरेको छु -अध्यक्ष उदय यादव

कलैया, २असाढ

देवताल गाउपालिकाको आव २०७९/०८० को नीति कार्यक्रम सार्वजनिक गर्न डाकिएको गाउँ सभा पुर्व पालिकाका सबै दलका अध्यक्ष र पार्टी प्रतिनिधि सङ्ग योजना छनौटका लागि सर्वदलीय बैठक बोलाईएको छ । गाउपालिकाको गाउँ सभा असार ८ गते बुधबार ११ बजे गर्ने निर्णय भएको गाउपालिका अध्यक्ष उदय प्रसाद यादवले जानकारी गराएका छन । यादवले आफुले देवतालको समग्र र समुचित बिकासका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको आफुले मनन गर्दै सो उदेश्य प्राप्तिका लागि सबै दललाई आमन्त्रित गरिएको बताए ।

यादवले गाउपालिकाको लागि आवस्यक हरेक गाउपालिका स्तरको योजना लाई प्राथमिकता मा राखेर अगाडी बढाईने प्रतिबद्धता जनाएका छन । सो अवसरमा आएका योजना गाउपालिकाको बिकासमा कोषे ठुङ्गा साबित हुने गाउपालिका अध्यक्ष यादवले जनाएका छन । सर्वदलीय बैठकमा काङ्ग्रेस देवताल गाउपालिका अध्यक्ष रामदयाल मन्डल ,एमालेका गाउपालिका अध्यक्ष जोखु सहनी ,माओबादी केन्द्रका जय किशुन प्रसाद कुश्वाहा,जसपाका रामनारायण मन्डल,लोसपाका मिश्रीलाल सहनी,नेपाल परिवार दलका कणक चौधरी,जनमत पार्टीका कपिल देव पन्डित सहित पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सन्चालन योजना तथा प्रशासन शाखा प्रमुख राजिव यादवले सन्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत वकिल पालले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button