अपराधमधेस

बाराको अमलेखगंजमा १४ किलो चाँदीसहित दुई जना पक्राउ

बारा,

बारा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले कार्तिक ९ गते बिहान करिब ८ बजे दुईवटा मोटरसाइकलमा लुकाएर लैजाँदै गरेको करिब २५ लाख रुपैयाँ बराबरको अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक त्रिभुवन साहको नेतृत्वमा खटिएको टोलीले पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकलहरूलाई शंका लागेर रोकी जाँच गर्दा, मोटरसाइकलको ट्याङ्कीमा फल्स बटम बनाई लुकाइएको चाँदी फेला पारेको हो।

पक्राउ परेका व्यक्तिहरूमा बारा प्रसौनी गाउँपालिका वडा नं. ६ का ३३ वर्षीय सन्तोष साह सोनार र बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ८ गमरगावाटोलका २७ वर्षीय सुरेश महतो रहेका छन्। सन्तोष साहको मोटरसाइकल (ना ५२ प २५८४ नं.) बाट ९ किलो चाँदी, अनुमानित मूल्य रु. १६,१०,३२५/- बरामद भएको छ भने सुरेश महतोको मोटरसाइकल (ना ५५ प ३९३२ नं.) बाट ५ किलो चाँदी, अनुमानित मूल्य रु. ८,९४,६२५/- फेला परेको हो। बरामद गरिएका विभिन्न किसिमका चाँदीका गरगहना गरी कुल १४ किलो, अनुमानित मूल्य रु. २५,०४,९५०/- बराबर रहेको प्रहरीको भनाइ छ।

प्रहरीले दुवै व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको बारा प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button