हिन्दुहरुको दुर्गा मन्दिर बाहिर अल्लाह हु अकबर’को नारा किन लगाईयो ?

77

इङ्गल्याण्डको वेस्ट मिडल्याण्ड्सको स्मेथविक सहरमा रहेको एक हिन्दू मन्दिरको बाहिर विरोध र नाराबाजी गर्न मुस्लिम समुदायका दुई सयभन्दा बढी मानिस मंगलबार भेला भएका थिए । यसका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा धेरै मानिसहरू ‘अल्लाह हु अकबर’को नारा लगाएको पनि सुनिन सकिन्छ। https://twitter.com/WasiqUK/status/1572357005943128065?t=ogX89Khk4EFKpI7-4H5hhw&s=08

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा स्पोन लेनस्थित दुर्गा भवन हिन्दु मन्दिरतर्फ मानिसको ठूलो भीड बढेको देख्न सकिन्छ । यस क्रममा मानिसहरु ‘अल्लाह हु अकबर’ को नारा लगाएको सुन्न पाइन्छ ।  घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रशासनले कारबाही गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो । यस क्रममा केही मानिस मन्दिरको पर्खालमा चढेको पनि देखियो । बर्मिङ्घम वर्ल्डको रिपोर्ट अनुसार अपना मुस्लिम नामको एक सामाजिक सञ्जाल अकाउन्टले मंगलबार दुर्गा भवन मन्दिर बाहिर ‘शान्तिपूर्ण विरोध प्रदर्शन’ गर्न आह्वान गरेको थियोे ।

Leave a comment