राजनीति

मधेश प्रदेशमा एमालेको मतप्रतिशतमा ओरालो लागे

मंसिर ४ मा सम्पन्न भएको आम निर्वाचनमा मधेश प्रदेशमाा नेकपा एमालेको मत प्रतिशतमा कमी आएको छ ।
२०७९ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमालेलाई प्राप्त भएको ४९८०५७ पाएका थिए । अर्थात कुल सदरमतको २२.६ प्रतिशत मत पाएको थियो । हालै सम्पन्न भएको आम निर्वाचनमा एमालेको मधेश प्रदेशमा ग्राफ खस्दै ३५१७६८ मत अर्थात कुल सदर मतको १६.६८ प्रतिशत मात्रै मत पाउन सकेको हो ।
नेकपा एमालेको मधेश प्रदेशमा ग्राफ खस्नुको प्रमुख कारण युवा नेता एवं माओवादी शान्तिवार्ता आएपछि भएका अहिले सम्मका निर्वाचनमा अपराजित रहदै आएका प्रभु साह जस्ता नेताको साथ नहुँदा मतप्रतिशतमा गिराबट आएको राजनीतिक जानकारहरु बताउँछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशमा सम्प्रदायिकता फैलाउने नेताको रुपमा ख्याती पाएका उपेन्द्र यादव जसपा संग चुनावी तालमेल गरेपछि नेता साह एमालेको टिकट खल्तिमा राखेर स्वतन्त्र उम्मेदवारी दिई निर्वाचनमा विजय हाँसिल गरे । नेता संगै मधेशका अधिकाँश जिल्लामा स्वतन्त्र उम्मेदवार जिताउ अभियानकै रुपमा संचालन गरेका थिए जसका कारण एमालेले मधेश प्रदेशबाट पाउनुपर्ने मतप्रतिशतमा ६ प्रतिशतले कमी आएको स्थानीय राजनीतिकर्मी श्यामचन्द्र झाले भन्छन् ।
रौतहटमा नै दुई प्रतिनिधि सभा र एक प्रदेश सभा गरी ३ जना स्वतन्त्र उम्मेदवार विजयी भए । तीन विजयी उम्मेदवार एमालेका टिकट खल्तिमा राखेर निर्वाचन जितेको कारण प्रभु साह विना एमाले मधेश प्रदेशमा अधुरो रहेको देखियो ।

मधेश प्रदेशमा नेकपा एर्मचनालेको मतपरिणामः–
स्थानीय तह निर्वाचन–२०७९
कुल सदरमत ः– २२५७४२०
एमालेको मत ः– ४९८०५७ (२२.०६%)
संसदीय निर्वाचन–२०७९
कुल सदरमत ः– २०८६२९८
एमालेको मत ः– ३५१७६८ (१६.६८%)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button