कला/साहित्यमधेसराजनीतिसमाचार

जन सांस्कृति महासंघ,नेपाल बारा जिल्ला संगठन समिति गठन

रमेश साह
बारा/ कलैया २७ चैत्र
नेपाल कम्युनिस्ट पार्टी ( माओवादि केन्द्र ) को भातृ संगठन जन सांस्कृति महासंघ,नेपाल जिल्ला समिति संगठन बारा कलैया उपमहानगरपालिका स्थित कलैया उपमहानगरपालिकाको पार्टी कार्यालयमा गठन गरेकोछ।
कुनै पनि ठाउको जनताको संस्कृतिले एकअर्का संग घुलन हुदा विश्व संस्कृति को निर्माण हुने गर्दछ त्यसैले बिश्वलाई एक सुत्रमा बाध्ने र एक जुट गर्ने एउटै संगितनै हो त्यस कारण संगित कलाको बिश्वको धरोहरको रुपमा रहेकोछ भने जन सांस्कृति महासंघ केन्द्रिय इन्चार्ज तथा बारा जिल्ला इन्चार्ज गोपाल ठाकुरले आफनो मन्तव्य राखे भने ब्रहमदेव कुश्वाहाले जानकारी गराए।
बारा जिल्ला पर्यटन र संस्कृति ले भरिएको जिल्ला हो त्यसलाइ डोर्‍याउनको लागि संगितको नै महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सकिने के. स. तथा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ ( अनिल) आफनो मन्तव्य राखे भने अमोद पाण्डे जानकारी गराए।
रंजित पाण्डेको नेतृत्वमा बच्चा यादव,राजकुमार यादव,धिरज गिरि,अमोद पाण्डे ,मधु कुमारी गुप्ता,संगिता चौधरी ,ओमप्रकाश पाण्डे ,जयराम यादव,ब्रहदेव कुश्वाहा,माम्तेन मोक्तान ,संजय श्रेष्ठ ,जुगल साह( मासटर) श्यामसुन्दर पंरित ,चन्दन ठाकुर,शम्भु महतो लगायत १७ सदस्यीय गठन गरियो।
सांस्कृति महासंघ ,नेपाल केन्द्रिय इन्चार्ज तथा बारा जिल्ला इन्चार्ज गोपाल ठाकुर,नेकपा (माओवादी केन्द्र ) के. स. तथा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ ( अनिल) जन सांस्कृति महासंघ ,नेपाल मधेस प्रदेश समिती इन्चार्ज हिसन समाल ,जन सांस्कृति महासंघ नेपाल मधेस प्रदेस अध्यक्ष भक्ती रिजाल,कलैया उपमहानगरपालिका उपाध्यक्ष रमेश साहको बिशेश उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button