मलेसिया बिशेषसमाचारसमाज

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न अध्यक्षमा पदम राज लिम्बु निर्वाचित

क्वालालम्पुर, नेपाल आदीवासी जनजाती महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन पदम राज लिम्बुको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्वाचित गर्दै भब्यताको साथ सम्पन्न भएको छ।
निर्वाचित हुनेहरुमा अध्यक्ष पदम राज लिम्बु, बरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष बिक्रम वाइबा, किसन गुरुङ, महिला उपाध्यक्ष बिनु राई, महासचिव सन्जिब स्याङ्बो तामाङ, सचिव यज्ञ कुमार राई, कोषाध्यक्ष अनिता थापा मगर, सह कोषाध्यक्ष मिङ्मा शेर्पा, सदस्यहरु पेमा स्याङ्तान, निर बहादुर थामी, पल थामि , काँशी तमु, प्रकाश चौधरी, हमान सिं मगर, दावा शेर्पा, सागर लिम्बु रहेका छन ।
त्यस्तै कार्यक्रमको सभाध्यक्ष बिपिन राई रहेका थिए भने प्रमुख अतिथिमा नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ रहेका थिए । त्यस्तै बिशिष्ट अतिथिमा नेपाली राजदुतवास मलेसियाका महामहिम राजदुत डा . नेत्र प्रसाद तिमिल्सिना, नेपाल आदीवासी जनजाती महासंघ संघिय परिषद उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख युवराज जिरेल लगायत मलेसियामा क्रियाशिल जातीय संघ संस्था, राजनितीक दलका भातृ संगठनहरु, बिभिन्न भेगीय, भुगोलको नाम बाट संचालित संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।
त्यस्तै कार्यक्रममा मन्तब्य राख्दै उपाध्यक्ष जिरेलले संगठनको निति नियम बुझाउदै भाईचारा सम्बन्ध कायम राख्दै कुनै जातीय दण्डित हुने कुराहरु नराख्न अनुरोध गरेका थिए।
त्यस्तै राजदुत तिमिल्सिनाले मलेसियामा धेरै संघ संस्थाको सक्रियता र क्रियाशिलता रहेकोले नै दुवसासलाई काम गर्न सहज भएको र संघ संस्थाले दुतवासले जतिकै श्रमिकको दायित्व निभाउदै आएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
त्यसै गरी प्रमुख अतिथि माननिय खापुङ्ले मलेसियामा संस्था क्रियाशिल हुदै नेपाल र मलेसियाको सम्बन्ध बलियो बनाउन भुमिका निर्वाह गरेको देखिएको भन्दै खुसि व्यक्त गरेका थिए।

त्यस्तै कार्यक्रममा नेपालबाट आमन्त्रीत कलारद्वय सागर आले मगर र सुनिता लिम्बु लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

त्यस्तै कार्यक्रमको अवसरमा सदाको बर्ष झैं यस कार्यक्रममा पनि विभिन्न बिधाको व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा समाजसेवि बालध्वज लिम्बु, पत्रकार तर्फ घनश्याम चौधरी, कलाकार तर्फ राजेश चौधरीलाई सम्मान गरिएको थियो भने संस्थापक अध्यक्ष सुन्दर आले मगर लाई पनि संस्थाप्रती गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

त्यस्तै निवर्तमान अध्यक्ष बिपिन राईले आफुले दुई कार्यकाल महासंघ चलाएको बेला धेरै थोरै कठिनाई भोग्नु परेको र त्यस्तो कठिनाइको बावजुत पनि आफ्नो कार्यकाल सफल भएको महसुस गरेको बताउदै नयाँ बनेको कार्य समितिलाई बधाई दिएका थिए ।
त्यस्तै अध्यक्ष पदमा सर्व सहमत निर्वाचित भए पछि पदम राज लिम्बुले आगामि दिनमा संस्थालाई गतिशिल बनाउने र जातीय संगठनलाई सदैव हातेमालो गर्दै महासंघ चुस्त दुरुस्त बनाउने प्रतिवद्वता जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button