कृषिमधेसराजनीतिराष्ट्रियसमाचार

बिरगंज महानगर पालिका उप प्रमुख इम्तियाज आलम ले धान रोपेर कार्यक्रम को उद्घाटन।

बिरगंज :=राष्ट्रिय धान दिवस को उपलक्ष्यमा देश भरी नै खेत मा धान रोपेर असार १५ को बिरगंज महानगर पालिका उप प्रमुख इम्तियाज आलम ले धान रोपेर कार्यक्रम को उद्घाटन गर्नु भएको थियो। भने स्थानीय कृषक तथा कर्मचारी युवा युवतिहरु हर्सोहुलास का साथ धन दिवस मनाई रहेका छन।
बिरगंज महानगरपालिका अन्तर्गत रहेको कृषि तथा पशुपन्क्षि व्यवसाय प्रबर्द्धन शाखा द्वारा आयोजित २१ औं राष्ट्रिय धान दिवस मनाई रहेको छ। धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ हर्सोहुलास धान रोपने कार्यक्रम मनाई रहेको छ। उक्त कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख एवम् कृषि तथा पशुपन्क्षी व्यवसय प्रबर्द्धन का संयोजक इम्तियाज आलम रहनु भएको थियो ।

भने कार्यक्रम मा उत्कृष्ट कृषक हरु लाई इम्तियाज आलम ले प्रमान पत्र दिएर समान गनु भएको थियो ।आफ्नो मन्तव्य क्रम मा बोल्दै हाम्रो देश नेपाल कृषि प्रधान देश हो । धान दिवस कृषकहरु को उत्साह को पर्व हो । कृषक हरु ले हर्सो हुलास का सथा यो पर्व लाई देशभरि मनाउने गर्दछन ।

आज मलाई गर्वमहसुस भैरहेको छ कि म पनि धान रोपेर यो पर्व लाई धुमधाम का साथ मनाई रहेको छु। आज यो रोपाई देखेर मलाई मेरो बालयकाल को सम्झाना आइरहेको छ । बालयकाल मा म पनि बुवा संग खेत मा गयेर हिलो खेल्थे र धान रोपने गर्थे मेरो खेत मा धान रोपनेहरु ले गित गाउथिन र एक आपस मा मजाक गर्थिन र खेत रोपथिन आज पनि सम्झना छ मलाई खेत रोपेर गित गाउदै घर मा आउथिन र खने कुरा आमा ले देइने गर्थिन धेरै लमाईलो हुन्थ्यो ।

म पनि किसान कै छोरा हो भनु भयो। उक्त धान दिवस वडा २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मी को अध्यक्षतामा आयोजना गरिएको थियो।

भने सो कार्यक्रम मा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई ,त्यस्तै विभिन्न शाखा प्रमुखहरु हरि शंकर राउत कुर्मी , रुपनारायण कुर्मी ,प्रतिज्ञा बैध,सुनिल कर्ण,राम कुमार कुशवाहा,रोशनी यादव लगायत स्थानीय वासीहरुको सहभागीता रहेको थियो सो कार्यक्रम को जानकारी बिरगंज महानग पालिका का उप प्रमुख को प्रेस सल्लाहकार महमद सदाब ले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button