किमांयाकामा अनाधिकृत चिनीय संरचना

136

चीनले नेपाल माथि गरिएका कैयन गैर वैधानिक गतिविधिहरु नेपाली जनताको निम्ति अनभिज्ञ विषय बन्नु कुनै नौलो विषय होईन । यसमा नेपालको मुलधारमा रहेको तथ्य पनि जग जाहेर छ । चीनका यस्ता गतिविधिहरुमा नेपाली नागरिकमाथि अन्याय अत्याचार गर्नु, नेपालमा गैर वैधानिक क्रियाकलापहरु संचालनमा ल्याउनु, अनाधिकृत माध्यमद्वारा आर्थिक लेनदेन गर्नु जस्ता अनेक विषय पर्दछन् ।

यी त भए दिनहु व्यवहारमा चल्ने विषयहरुमा चीनको अत्याचारी व्यवहार यस अतिरिक्त नेपाली भूमि हस्तक्षेप र अतिक्रमण गर्ने क्रममा चीनले उपेक्ता द्द थान कायम रहेको छ । हुमलाको दुई गाउँका अतिरिक्त अन्य कैयन स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको छ । सरकारलाई यसको पूर्णतः जानकारी रहदा रहदै पनि यसको विरोधमा पहल गर्न कुन शक्तिले व्यवधान सृजना गरेको छ, यो एउटा रहस्यमय प्रश्न हो ।

नेपाली जनमानस साधारणत शान्तिप्रिय र “बाँच र बाँच्न देउ” को सिद्धान्तमा हिड्ने समुदाय हो । नेपालीको मुलभुत जैविक प्रवृति भनेको आफ्नो राष्ट्रपतिको वफादारिता र राष्ट्रको माया हो । आफ्नो भु–भागको निम्ति प्राण सम्म अर्पण गर्ने सक्ने ।

Leave a comment