धर्म/संस्कृतिमलेसिया बिशेषसमाचारसमाजसुदुरपस्चिम

सुदूरपश्चिमेलीहरुले मनाए गौरा पर्व तथा साँस्कृतिक कार्यक्रम मलेसियामा ।

क्वालालम्पुर ३१ सेम्टेम्बर । गौरा पर्वको अबसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सुदूरपश्चिमेली नेपाली समाज जोहोरबारु क्षेत्रिय समिति मलेसियाको आयोजनामा आज आईतवार जोहोरको सेनाईमा सम्पन्न भएको छ।

सुदूरपश्चिमेली नेपाली समाज जोहोरबारु समितिका अध्यक्ष कृष्ण बहादुर महराको सभापतित्वमा सम्पन्न भएको हो।नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मुदिता बज्राचार्यको प्रमुख अतिथिमा कार्यक्रम सम्मान भएको हो।

यस्तै विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ मलेसियाका प्रथम उपाध्यक्ष राकेश महतो, सुदूरपश्चिमेली नेपाली समाज अन्र्तराष्ट्रिय समितिका महासचिव तथा मलेसियाका अध्यक्ष दिनेश खड्का खप्तडि , समाजसेवी तारा बम, ग्लोवल उग्रतारा मलेसियामा अध्यक्ष दातु मेजर पानियर सेल्ब‌म,गैर आवासीय नेपाली संघ मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारी सचिव विष्णु बराल, गैर आवासिय नेपाली समाज मलेसिया जोहोरबारु समितिका अध्यक्ष बेदना श्रेष्ठ, व्यवसायिक युवराज बम, सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका प्रमुख सल्लाहकार टेक बहादुर टमोटा, सल्लाहकार महेश भट्ट रहेका थिए।

यसैगरी अतिथिहरुमा गैर आवासीय नेपाली संघ क्षेत्रिय समिति जोहोरबारुका पुर्व अध्यक्ष हरि बस्नेत, प्रवासी नेपाली मन्च मलेसियाका सदस्य चित्र बहादुर थापा,रास्वपा प्रवास मलेसियाका सदस्य उमेश महतो, जनप्रगतिशील मन्च केन्चिद्रीय सदस्य अर्जुन अनुरागी, गैर आवासीय नेपाली संघ जोहोरबारुका सचिव छबिलाल गिरि , गैर आवासीय नेपाली समाज जोहोरबारुको उपाध्यक्ष बिन्दुदर्लामी मगर ,बारा मलाया खबरका सम्बाददाता कृष्ण गुप्ता, नेपाली जनता खबरका सन्चालक भिम लूहार, बारा दैनिक मलेसियाका सम्वादाता अर्बिन्द गुप्ता लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहको थियो।

मध्य पश्चिमेलि तथा सुदूरपश्चिमेलिहरुकाे महान चाड गाैरा पर्वकाे अवसरमा सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाद्वारा आयाेजित गाैरा पर्व तथा बृहत सांस्कृतिक कार्यक्रममा साङ्गितिक प्रस्तुतिका लागि नव उँदयमान लाेक तथा देउडा गायक सुनिल नेपाली आफ्नो प्रस्तुति दिएका थिए। यसैगरी लोक तथा देउडा गायक अनिल चन्द, भक्त बिसि लगायत स्थानिय एक दर्जन भन्दा धेरै कलाकारहरुले साङ्गीतिक मनोरञ्जन दिलाएका थिए।

बिभिन्न सञ्चार माध्यम बाट कार्यक्रम लाई प्रत्यक्ष प्रसारण गरिएको थियो कार्यकममा समाजलाई सहयोग र योगदान पुर्याउनेलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो। कार्यक्रम सचिव कपिल बोहोराको स्वागत मन्तव्य राखेका थिए भने वासुदेव जोशीले कार्यक्रम सन्चालन गरेका थिए।

सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना साथै पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसार मा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको समाजका महासचिव शिव ऐरले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button