राजनीतिसमाचार

पचरौता नगरपालिकाकाको केही वडा अध्यक्षहरु ज्यू द्वारा नगरसभाको विरोधमा ज्ञापनपत्र बुझाएका छन्

१५ असोज बारा । बाराको कलैयामा पचरौता नगरपालिकाका वडा अध्यक्षहरु द्वारा पत्रकार सम्मेलन गरेकाछन।

कलैया उपमहानगरपालिकामा पचरौता नगरपालिकाका वडा अध्यक्षहरुले पत्रकार सम्मेलन गरेर पचरौता नगरपालिका नगरसभा गरेकोले घोर भत्सर्ना गरेकाछन।
पचरौता नगरपालिकाको नगरसभा सदस्यलाई बिना सुचना र कार्यालय प्रमुखको बिना उपस्थितिमा अल्पमतको अधारमा स्थानीय सरकार ऐन बिपरित आफू मातहतका केही जनप्रतिनिधि बिचमा नगर सभा सकिए पछि सामाजिक संजालमा सुचना आउदा ध्यानाकर्षण भएकोहो,अल्पमतमा गरिएको नगर सभाको कुनै औचित्य नरहेको यस नगरको नगरसभा बिधि शासन भित्र रहि नगरसभा गर्न गराउन सदस्यहरु माग गरेकाछन।

नेपाल एकात्मक राज्य अन्तय भइ संघिय लोकतान्त्रिक, गणतन्त्र भइ सके ता पनि त्यसको आभाष नगर बासिले नगर्नु नेपालको संविधानकै धज्जी उडाएको नगर प्रमुखको व्यवहारले देखिन्छ आजको नगरसभा हरेक दृस्ठिले कानुन बिपरित रहेकोले खारेज गर्न माग गरिदै सम्बन्धित निकायका ध्यानाकर्षण गराएकाछन भने नगरसभा थाती राख्दै कुनै पनि काम कार्वाही अगाडि बढाएमा त्यसको जिम्मेवार स्वम नगरप्रमुख हुने विज्ञप्ति मार्फत जानकारी गराएकाछन ।

पत्रकार सम्मेलनमा पचरौता नगरपालिका वडा:-२ का अध्यक्ष मनोज कुमार यादव, वडा न:-२ सदस्य लझमी साह,सतिया देवी, मुन्ना पासवान, वडा:-४ का वडा अध्यक्ष कन्हैया लाल, वडा नं,४ सदस्य, अखिलेश यादव,रामबालक प्रसाद यादव,रिता देबी राम, सिया पती यादव,वडा,न,५ वडा सदस्य पन्नालाल यादव,गयासुदिन मिया अंसारी, ईन्दु कुमारी श्रीवास्तव,चनरकली देवी बैठा,वडा,न,६ अध्यक्ष मकबुल मिया अंसारी, सदस्य, उडन सहनी, प्रदीप चौरसिया, वडा:-८ का प्रेमनारायण चौधरी वडा सदस्य रामबालक प्रसाद यादव, उपस्थिति रहेको थियो। जिल्ला प्रशासन कार्यालय कलैया सिडीयो कृष्ण बहादुर कटुवाल लाई ज्ञापनपत्र बुझाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button