राजनीतिसमाचारसमाज

प्रधानाध्यापकद्वारा वडाध्यक्षमाथि धम्की र अनुचित रकम मागेको आरोप

वीरगञ्ज । सिद्धार्थ माध्यमिक विद्यालय, वीरगन्जका प्रधानाध्यापक विनोद मेहताले सामाजिक सञ्जालमार्फत एक पोस्ट जारी गर्दै वीरगन्ज महानगरपालिका–१४ का वडाध्यक्ष महबुब एलाहीमाथि अनुचित रकम माग्दै निरन्तर धम्की र दबाब दिँदै आएको गम्भीर आरोप लगाएका छन्।

प्रधानाध्यापक मेहताले पोस्टमार्फत उल्लेख गरेका छन् कि वडाध्यक्षले उदण्ड व्यक्तिहरूलाई विद्यालयमा पठाई अनावश्यक विवाद सिर्जना गर्ने, विद्यालयको शैक्षिक वातावरण बिगार्ने, शिक्षक तथा कर्मचारीलाई अपमान गर्ने र आफूलाई प्रताडित गर्ने काम गर्दै आएका छन्।उनका अनुसार वडाध्यक्षको गतिविधिबारे नगर प्रमुख र जसपा नेपालका पार्टी नेतृत्वलाई पटक–पटक जानकारी गराइए पनि सुधार नभई बरु समस्या समाधानको आफ्नै प्रयासलाई कमजोरी ठानी झन् धम्क्याउने कार्य भएको छ।

“वडाध्यक्ष एलाही र उनी परिचालित व्यक्तिहरूबाट जुनसुकै बेला पनि आफूलाई असुरक्षा हुन सक्ने सम्भावना छ,” प्रधानाध्यापक मेहताले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।घटनाप्रति विद्यालय परिवार, शिक्षक महासंघ, प्रधानाध्यापक संघ, शिक्षा प्रेमी, न्यायप्रेमी, स्थानीय प्रशासन र वीरगन्ज महानगरपालिकाको ध्यानाकर्षण गराउन उनले आग्रह गरेका छन्।यस विषयमा वडाध्यक्ष महबुब एलाहीसँग बुझ्न खोज्दा सम्पर्क गर्न सकिएन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button