मधेससमाचारस्वास्थ्य

बाराको देवताल गाउँपालिकामा गर्भवती महिलालाइ पौष्टिक आहार वितरण

२३ असार बारा । बाराको १६ पालिकामा अहिले देवताल गाउँपालिका राम्रो काम गर्दै गएको छ विगतममा भ्रष्टाचारको अखडा बनेका देवताल गाउँपालिकामा अहिले विकासका गतिले तिव्रता पाएका छन ।

स्वास्थ्य ,शिक्षा तथा कृषिमा बढी जोड दिएको देवताल गाउँपालिकाले खानेपानी तथा सचेतनामुलक तालिम सम्पन्न गरेका छन् ।देवताल गाउँपालिका वडा नम्बर -२ कल्यणवा स्वास्थ्य चौकीको प्राङ्गणमा भएको तालिममा गर्भवती आमाहरुको सुरक्षाको लागी पौष्टिक आहार वितरण गरिएको छ ।

देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादवले तालिमको उद्घघाटन गर्दै गर्भवती महिलालाइ हर्लिक्स तथा पौष्टिक आहार वितरण गरेका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल ,प्रशासन शाखा प्रमुख राजिव प्रसाद यादव ,स्वास्थ्यका कर्मचारी,समाजसेवी ,बुध्दिजीबी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतको विशेष उपस्थिति थियो।

महिलाहरुको प्रतिकृया लिदा त्याहाको महिला मेयर यादव प्रति खुसि जनक जताएको छ यस्ता कार्यक्रमले आफूहरु खुश भएको स्थानीय महिलाहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button