पत्र-पत्रिकासमाचारसमाज

जनकपुरमा पत्रकारमाथि आक्रमण, आधा दर्जन घाइते

जनकपुरमा वकिलको एक समूहद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमणप्रति विभिन्न पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्। कानुनको नाममा ‘विद्वान’ बनेका केही वकिलहरूले पेशागत कर्तव्य निर्वाह गरिरहेका पत्रकारमाथि धक्का–मुक्का र हातपात गरेको आरोप लागेको छ।

आक्रमणमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महिला उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर रायसहित करिब आधा दर्जन पत्रकार घाइते भएका छन्। घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको र उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार पत्रकारहरू घटनास्थलमा समाचार संकलनको क्रममा रहेका बेला वकिलहरूको समूहले उद्देश्यप्रेरित रूपमा उनीहरूलाई लक्षित गरी आक्रमण गरेको हो।

नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका पदाधिकारीहरूले विज्ञप्ति जारी गर्दै यो घटना प्रेस स्वतन्त्रतामाथिको खुला हमला भएको बताएका छन्। विज्ञप्तिमा दोषी पहिचान गरी कानुनी कारबाहीको माग गरिएको छ। साथै, पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न राज्य जिम्मेवार बन्नुपर्ने चेतावनी दिइएको छ।

यस घटनाप्रति देशभरका सञ्चारकर्मी, मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले समेत चिन्ता व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button