अन्तराष्ट्रिय

७ दशकदेखि दाउराको रुपमा चीन निर्यता हुँदै दालचीनी

कोलम्बो । नगदको अभावमा फसेको श्रीलंकाले सात दशकदेखि चीनमा दाउराको रूपमा वास्तविक श्रीलंकाली दालचीनी निर्यात गरेर बहुमूल्य विदेशी मुद्राबाट वञ्चित भएको छ। राज्यमन्त्री दिलम अमुनुगामाको अध्यक्षतामा बसेको लगानीसम्बन्धी मन्त्रिस्तरीय परामर्श समितिमा एसएलपीपीकी सांसद यदामिनी गुणवर्द्धनेले यो विषय उठाएकी हुन्।

यसपछि निकासी विकास बोर्ड (ईडीबी) ले यो विषय चीनसमक्ष राखेर आवश्यक कारबाहीका उपायहरू अघि बढाएको छ। गत हप्ता ईडीबी अधिकारीहरूले चीनलाई खाद्य उत्पादनको रूपमा दालचीनी निर्यात गर्न सहमति भएको परामर्श समितिलाई जानकारी दिए।

राष्ट्रिय सूची सांसदले वास्तविक दालचीनी मसला, दालचीनी तेल र अन्य धेरै दालचीनी उत्पादनहरू सही श्रेणी अन्तर्गत निर्यात गरिएको सुनिश्चित गर्न उपचारात्मक उपायहरूको आवश्यकतामा जोड दिए।

यो विषय दशकको सुरुवातामा नै सम्बोधन गरिनुपर्ने भएको पनि विदेश मन्त्रालय र ईडीबीले आफ्नो जिम्मेवारीको बेवास्ता गरेपछि यो स्थिति सिर्जना भएको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button