भारतमा संयुक्त सैन्य अभ्यास गरेर नेपाली टोली स्वदेश फिर्ता

42

राजबिराज  नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्यकिरण संयुक्त अभ्यास सम्पन्न भएको छ।
मंसिर ८ गते देखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको छ ।

नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको सूर्यकिरण संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतंकवाद, जोखिम व्यवस्थापमा आधारित थियो ।
नेपाल र भारतमा आलोपालो सञ्चालन हुने अभ्यासको १७औं संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिएका थिए । अभ्यास समापनपश्चात् आज शुक्रबार नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.