मधेसराजनीतिसमाचारसमाजस्थानीय

सर्लाहीको क्षेत्रीय समन्वय कमिटिको दोस्रो बैठक सम्पन्न ।

सर्लाही :=नेकपा एमाले सर्लाही क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटिको दोस्रो बैठक जिल्लाको बसबरिया गाउपालिका का प्रत्यासि एवम मधेस प्रदेश सदस्य रामबिस्वाश रायको निजि निवासमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला क्षेत्र नम्बर ४का इन्चार्ज कमला देवि महतोको प्रमुख आतिथ्यता समपन्न भयको छ ।

कार्यक्रम को अध्यक्षता पार्टी जिल्ला कमिटी सदस्य एवम् क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटी सयोजक राधेश्याम शाहले गर्नु भयको थियो।प्रमुख अतिथि महतोले पार्टीले निर्देशित गरेको तिन महिने जरा अभियान तथा मिसन ८४ सफल बनाउन स्थानिय नेता कार्यकर्ता ले खेल्नु पर्ने भुमिकाको बारेमा प्रकास पार्दै नेता तथा कार्यकर्ता को आवश्यकता को बखत आफु जुनसुकै समयपनि उपस्थित हुने प्रतिबध्दता ब्यक्त गर्नु भएको थिए।

त्यस्तै कार्यक्रमा सर्लाही जिल्लाका अबिभावक एमाले जिल्ला पार्टी अध्यक्ष राज नारायण शाहले पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान संचालन गर्ने एजेन्डा सहित नेता कार्यकर्ता प्रशिक्षित गर्नु भयको थियो ।

कार्यक्रमा मधेश प्रदेस कमिटी सदस्य रामबिस्वाश रायले पार्टीमा बिगत देखि बर्तमान सम्मका भोगाइ सङ्गठन निर्माण मा स्थानिय नेता कार्यकर्ता ले खेल्नु पर्ने भुमिकाको बरेमा प्रकाश पार्दै सङ्गठन निर्मण मा एकजुट भएर लाग्न निर्देशन दिनुभयो अतिथिको रुपमा उपस्थीत पार्टी जिल्ला उपाध्यक्ष बिदुर कुमार प्याकुरेलले नेता को चाकरि भन्दा पार्टी हित मा काम गर्न सुझाब दिनु भयो त्यस्तै बिपक्षीहरु सङ्ग लड्न आफु हरहमेसा कार्यकर्ता को साथमा रहने र कार्यकर्ता लाइ कसैको डर नमानि सङ्गठन निर्माण लाग्न निर्देशन दिदै कम्युनिष्ट पार्टी को उत्पती को इतिहास र आफुले सङ्गठन निर्माण गर्दाको अनुभव सुनाउदै सुखि नेपालि सम्रीद्द नेपालको निर्माण को लागि कार्यकर्ता ले खेल्नुपर्ने भुमिकाको बारेमा ब्याख्या गर्नु भयको थियो ।

कार्यक्रम मा एमाले सर्लाहि का उपसचिब बिभा नेपालले समग्र जिल्लाको राजनिति परिवेश को बारेमा आफ्नो भनाइ राख्नु भयको थियो भने कार्यक्रम मा ४ नम्बर क्षेत्र भित्रका सम्पुर्ण जिल्ला कमिटि सदस्य साथै पालिका अध्यक्ष ले उपस्थिति जनाइ आफ्नो भनाइ राख्नु भयको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै क्षेत्र नम्बर ३का सन्योजक गितानाथ मैनालिले पार्टीद्दुरा घोसित कार्यक्रममा लाग्न कार्यकर्ता लाइ प्रेरित गर्नु भयो त्यस्तै अतिथि बक्ता जिल्ला कमिटि सदस्य तथा बरहथवा नगरपालिका उप -प्रमुख रामबाबु शाहले मधेस बिकास कसैले गर्छ भने त्यो एमाले गर्ने बताय मरिण डाइभर्सन हुलाकि राजमार्ग पुर्व पश्चीम रेलमार्ग को बरेमा कार्यकर्ता लाइ प्रस्ट पार्नु भयो ।

त्यस्तै अनेमा सघ जिल्ला अध्यक्ष सन्चिता घिमिरेले महिलाको अधिकार र महिला सहभागिता को बारे आफ्नो भनाइ राख्नु भएको थियो कार्यक्रम मा स्वागत मन्तव्य पुर्व जिल्ला कमिटी सदस्य शुरेस कार्कीले राख्नु भयको थियो ।

कार्यक्रम नेकपा एमाले सर्लाही जिल्ला कमिटी सदस्य एवम् क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ४ का सचिब रबिन कुमार कार्कीले सन्चालन गर्नु भयको थियो त्यस्तै कार्यक्रम मा उलेख्य कार्यकर्ता को उपस्तिथि रहेको थियो भने बैठक ले ५ ओटा प्रस्तावहरु माथि छलफल गर्दै निर्णय गरेको छ भने निर्णय सर्वसम्मत पारित गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button