Year: 2026
-

राष्ट्रिय सभाका तीन समितिको बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
काठमाडौ, १७ भदौ । सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतका तीन वटा विषयगत समितिको बैठक आज (बिहीबार) बस्दै छ। आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो। बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक…
-

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै, यस्ता छन् तीन मुख्य कार्यसूची
काठमाडौं, १७ भदौ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने आजको बैठकमा प्रस्तुत गर्न तीन वटा मुख्य कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित…
-

रास्वपा सचिवालय बैठक आज बस्दै
काठमाडौ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (बिहीबार) बस्दै छ। पार्टी सभापति रवि लामिछानेले बिहान १० बजेका लागि बैठक आह्वान गरेका हुन्। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय 'घन्टीघर' मा बस्ने बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, आन्तरिक रणनीति तथा भावी कार्ययोजनाका विषयमा छलफल हुने बताइएको छ।
-

आजको मौसम: देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं, १८ भदाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ भने देशका बाँकी भू-भागमा साधारणतया बदली रहेको छ। अहिले लुम्बिनी,…
-

आजको राशिफल: वि.सं. २०८३ भाद्र १८ गते बिहीबार
आजको राशिफल: वि.सं. २०८३ भाद्र १८ गते बिहीबार, ई.सं. २०२६ सेप्टेम्बर ०३, वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको सप्तमी तिथि, कृत्तिका नक्षत्र, मेष राशिमा चन्द्रमा, सिंह राशिमा सूर्य, व्याघात योग, भद्रा करण। आज अमुक्तभरण सप्तमी व्रत तथा गौरासप्तमी। नेपालमा सूर्योदय बिहान ५:४४ बजे र सूर्यास्त साँझ ६:२१ बजे हुनेछ। आज बगलामुखी भगवतीको…
-

डायस्पोराको सहयोग संसदमा नदेखाएकोमा एनआरएनए सचिव दिपेश खत्रीको सरकारलाई प्रश्न।
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव दिपेश खत्रीले बाढी तथा पहिरो प्रभावितका लागि विदेशमा रहेका नेपाली र एनआरएनएबाट प्राप्त सहयोगलाई सरकारले संसदमा सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सहयोगको विवरणमा नसमेटेको भन्दै कडा प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा बाढीपीडितका लागि विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोग र सहयोग रकम सार्वजनिक गरेपछि खत्रीले सरकारको ध्यान डायस्पोराबाट प्राप्त सहयोगतर्फ समेत…
-

रसुवा बाढीमा एनआरएनए युवा उपाध्यक्ष थापाको उद्धारदेखि राहतसम्म मानवीय सक्रियता।
काठमाडौं । रसुवा–नुवाकोट तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्ष भीमसेन थापा उद्धार तथा राहत अभियानमा प्रत्यक्ष रूपमा सक्रिय भएका छन्। बाढीले प्रभावित क्षेत्रमा आफैं पुगेर थापाले उद्धार कार्यमा सहयोग गर्नुका साथै विपद्मा परेका परिवारलाई व्यक्तिगत पहलमा राहत सामग्री तथा आवश्यक सहयोग उपलब्ध…
-

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध
काठमाडौं, १६ भदौ । बाढी र पहिरोका कारण बागमती प्रदेशका ललितपुर, धादिङ, रसुवा, नुवाकोट र काभ्रे गरी पाँच जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार पहिरो र बाढीका कारण ती जिल्लाका विभिन्न सडक खण्डमा यातायात सेवा पूर्ण तथा आंशिक रूपमा ठप्प भएको छ। ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडामा पहिरो…
-

गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुँदै
गौरादह, १६ भदौ । झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा युवालाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता २०८३’ आयोजना गर्न लागिएको हो । स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा हुने प्रतियोगिता भदौ १९ गतेदेखि गौरादह १ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन…
-

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी
सुभाष कायस्थ जनकपुरधाम, १६ भदौ । विभिन्न माग राख्दै हरवा–चरवाहरु गत एक सातादेखि मधेश प्रदेश सरकारको प्रशासनिक निकाय मधेश भवन अगाडि धर्नामा बसेका छन् । पटक पटक रैली र विरोध प्रदर्शनको आन्दोलनले सरकारले कुनै चासो नलिएपछि अन्ततः हरवा चरवाहरु धर्नामा बसेका हुन । हरवा–चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाइमा विभिन्न दुई बुँदे माग राख्दै सुरु गरिएको…
You May Have Missed














