Year: 2026
-

अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
वीरगञ्ज, — वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित तथा लथालिङ्ग अवस्थामा रहेका इन्टरनेटका तारका कारण सहरी सौन्दर्यमा असर पर्नुका साथै दुर्घटना र आगलागीको जोखिम बढ्दै गएपछि महानगरपालिकाले त्यसको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाका अनुसार नगरको तीव्र शहरीकरण, संरचना मर्मतका क्रममा उत्पन्न हुने मलबा व्यवस्थापनमा देखिएको समस्या तथा विशेषगरी गर्मी मौसममा हुन सक्ने आगलागीको जोखिमलाई मध्यनजर गर्दै…
-

नाट्टा निर्वाचनमा ‘पर्यटन उठे, नेपाल उठ्छ’ नारासहित युविका भण्डारीको अनुभवी टोली मैदानमा।
काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ। ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको उक्त प्यानलले पर्यटन व्यवसायको संरक्षण, संस्थागत सुधार, सुशासन, पारदर्शिता…
-

सहमति कार्यान्वयनमा ढिलाइप्रति पूर्वअध्यक्ष आरके शर्माको असन्तुष्टि, वर्तमान नेतृत्वलाई तत्काल प्रतिबद्धता पूरा गर्न आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले संस्थाभित्र भएको बृहत् एकतालाई व्यवहारमा उतार्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन्। एकताका लागि भएका सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेतृत्वलाई विगतका प्रतिबद्धता इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका हुन्। संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वर्तमान अध्यक्ष तथा तत्कालीन स्टेरिङ कमिटीका सदस्यहरूलाई…
-

वैदेशिक रोजगारमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो
चितवन — भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका १३ जना श्रमिकको शव निःशुल्क नेपाल ल्याएको जनाएको छ। महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागका प्रमुख सन्देश वाग्लेका अनुसार श्रम स्वीकृति लिएर विदेश गएका भरतपुरका नागरिकको निधन भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो। शव कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), कतार,…
-

एन पेनाङ एफसीको शानदार जित, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपबोर्न एफसी ३–० ले पराजित
पेनाङ (मलेसिया)मलेसियाको चर्चित नेपाली फुटबल क्लब एन पेनाङ एफसी ले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अस्ट्रेलियाको नेपबोर्न एफसी माथि ३–० को प्रभावशाली जित हासिल गरेको छ। पेनाङमा सम्पन्न खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा टुङ्ग्याएका थिए। सुरुआती ४५ मिनेटमा दुवै पक्षले केही आकर्षक अवसर सिर्जना गरे पनि कुनै टोलीले गोल गर्न सकेन। दोस्रो हाफमा भने…
-

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
काठमाडौँ। पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै होराक एफसी भने प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ। फाइनल खेलको सुरुवातदेखि नै दुवै…
-

सप्तरीमा कर्फ्यु कायमै, बिहान ११ बजेसम्म मात्रै खुकुलो
राजविराज, साउन १७ — सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु आदेश अझै कायम रहेको छ। जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीमा सहजता प्रदान गर्न आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यु खुकुलो पारेको जनाएको छ। प्रशासनले बिहान ११ बजेपछि कर्फ्यु आदेश पूर्ण रूपमा लागू हुने भएकाले सबै नागरिकलाई त्यसको…
-

बाराले दियो राष्ट्रिय सन्देश : हिन्दु–मुस्लिम एकताका लागि कलैयामा बृहत् र्याली फोटो फिचर
कलैया (बारा), साउन १६ — बारा जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा साम्प्रदायिक एकतालाई थप सुदृढ बनाउने उद्देश्यले शनिबार कलैयामा बृहत् सर्वदलीय तथा सर्वपक्षीय हिन्दु–मुस्लिम सद्भाव र्याली सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सम्पन्न र्यालीमा बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिताल तथा क्षेत्र…
-

गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवको शव भोलि हेलिकप्टरमार्फत सिरहा ल्याइने
सिरहा । सिरहाको गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवको शव अन्तिम संस्कारका लागि भोलि हेलिकप्टरमार्फत सिरहा ल्याइने भएको छ। मृतक परिवार र सरकारबीच भएको दुईपक्षीय सहमतिपछि उक्त निर्णय गरिएको हो। सहमतिपश्चात् प्रतिनिधिमण्डल सिरहाको औरही गाउँपालिका–२, तुलसियाहीस्थित मृतक गणेश यादवको निवास पुगेर शोकाकुल परिवारसँग भेट गरेको छ। भेटका क्रममा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सरकारसँग भएको…
-

वीरगञ्ज–२६ मा नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन, स्थानीय सेवा प्रवाह थप प्रभावकारी हुने
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा करिब १ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको अत्याधुनिक वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले प्रमुख अतिथिका रूपमा गर्नुभयो। उद्घाटनसँगै वडा नं. २६ का स्थानीयवासीले आफ्नै वडाबाट प्रशासनिक तथा आधारभूत स्वास्थ्य सेवा…
You May Have Missed














