मधेसराजनीतिसमाचारसमाज

सप्तरीमा कर्फ्यु कायमै, बिहान ११ बजेसम्म मात्रै खुकुलो

राजविराज, साउन १७ — सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु आदेश अझै कायम रहेको छ। जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीमा सहजता प्रदान गर्न आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यु खुकुलो पारेको जनाएको छ।

प्रशासनले बिहान ११ बजेपछि कर्फ्यु आदेश पूर्ण रूपमा लागू हुने भएकाले सबै नागरिकलाई त्यसको पालना गर्न र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार कर्फ्यु खुकुलो गरिएको अवधिमा पनि हुलदङ्गा, अशान्ति फैलाउने वा अन्य कुनै उद्देश्यले पाँच जना वा सोभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला भई उच्छृङ्खल गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button