समाचार

बंगालको खाडीमा ‘मुरासु’ चक्रवात शक्तिशाली बन्दै, नेपालमा कस्ताे प्रभाव पर्ला ?

 बंगालको खाडीमा विकसित भएको चक्रवाती आँधी ‘मुरासु’ थप शक्तिशाली बन्दै गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात तीव्र गतिमा अघि बढिरहेको छ। यसले भारतको दक्षिणी तटीय क्षेत्रमा ठूलो प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार सोमबार बिहान चक्रवात चेन्नईबाट करिब २६० किलोमिटर पूर्व–उत्तरपूर्वमा केन्द्रित रहेको थियो। 
यो आँधी सोमबार राति ११ः३० बजेदेखि मंगलबार बिहान ४ बजेसम्मको अवधिमा आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ।

विशेषगरी नेल्लोर र नरसापुरबीच ओङ्गोल आसपासको समुद्री तटलाई चक्रवातको सम्भावित प्रवेश क्षेत्रका रूपमा हेरिएको छ। मौसम विभागका अनुसार चक्रवात तटमा ठोक्किने समयमा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्छ। केही समयका लागि हावाको झोक्का प्रतिघण्टा १२० किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ। तीव्र हावासँगै भारी वर्षा र समुद्री छालको जोखिमसमेत बढ्न सक्ने देखिएको छ।

तटीय क्षेत्रमा जोखिम बढ्दै

चक्रवातको तीव्रताले आन्ध्र प्रदेशका तटीय बस्ती, माछा मार्ने समुदाय, कृषि क्षेत्र र यातायात सेवामा असर पार्न सक्ने सम्भावना छ।
 विशेषगरी समुद्रमा रहेका माछा मार्ने डुंगाहरू, कमजोर संरचनाका घर तथा विद्युत् र सञ्चार पूर्वाधार जोखिममा पर्न सक्छन्।

चक्रवातको प्रभाव केवल समुद्री तटमा सीमित नहुन सक्छ। तीव्र हावा र वर्षाका कारण भित्री भूभागमा समेत जनजीवन प्रभावित हुने सम्भावना रहन्छ।

सम्भावित जोखिम र पूर्वतयारी

मौसमविद्हरूका अनुसार समुद्री चक्रवातको प्रभाव यसको हावाको गति मात्रले निर्धारण हुँदैन। 

वर्षाको मात्रा, समुद्री छालको उचाइ, तटीय क्षेत्रमा पानी पस्ने अवस्था र आँधीको गति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।

त्यसैले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई मौसम विभागको आधिकारिक सूचनामा ध्यान दिन, समुद्री गतिविधिबाट टाढा रहन र आवश्यक परे सुरक्षित स्थानमा जानुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वतयारी गर्न आवश्यक देखिन्छ।

‘मुरासु’ चक्रवातको पछिल्लो अवस्थाले भारतको पूर्वी तटीय क्षेत्रमा प्राकृतिक विपद्को जोखिम पुनः उजागर गरेको छ। तर नेपालमा भने  ‘मुरासु’ चक्रवातकाे कुनै असर नपर्ने माैसमविद्हररूकाे भनाइ छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button