मधेससमाचार

यातायात कार्यालय पर्सामा १ सय बीस पत्रकारलाई ‘खाम’, होलि खर्चको नाममा जनहि ५ देखि ५० हजारसम्म नजराना

२८ फागुन,बारा । बिरगंजकै सबैभन्दा भ्रष्ट अड्डाको रुपमा परिचित यातायात व्यवस्था कार्यालय पर्साले होलि खर्चको नाममा पत्रकारहरुलाई लाखौं रुपया नजरानाको रुपमा बितरण गरिरहेको खबर प्राप्त भएको छ।

प्राप्त जानकारी अनुसार कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्ण तथा ट्रायल शाखा प्रमुख नवाज अंसारीको निर्देशनमा ट्रायल फांटकै कर्मचारीहरु नासु बद्री दाहाल र श्यामसुन्दर साहले ट्राक्टर फांटमा बसेर बिरगंजका करिब १ सय बीस जना पत्रकारहरुको लिष्ट तयार गरि हैसियत अनुसार ५ हजार देखि ५० हजार रुपैयांसम्म खामबन्दी ‘नजराना’ बितरण गरिरहेका छन।

उक्त कार्यालयबाट हुने गैरकानुनी कृयाकलापलाई ढाकछोप गर्न पत्रकारहरुलाई नजराना बितरण गर्न लागिएको बुझिएको छ।

यातायात कार्यालय पर्सामा चरमसिमाभन्दा माथी पुगेर बिदेश भएकाहरुदेखी ट्रायल र लिखित फेल हुनेसम्मलाई कमिशन लिएर एजेन्टका माध्यमले सवारी लाईसेन्स बितरण गर्ने गरिएको छ। साभारः www.chhanbinnews.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button