समाचारसमाज

कानु अतिथि सदन पर्साको तदर्थ समिति गठन

वीरगंज, ०४ चैत्र
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ६ स्थित नरेश प्रसाद साह कानुको घरमा वीरगंज महानगरपालिका वडा नं. ४ को वडा अध्यक्ष जगत प्रसाद साह कानुको अध्यक्षतामा बसेको बैठकमा छलफलको क्रममा कानु अतिथि सदन पर्साको तदर्थ समिति गठन गरिएको छ ।
कानु समुदायको विवाह, छेका, ब्रतबन्ध लगायत विभिन्न किसिमका धार्मिक,साँस्कृतिक कार्यक्रम गर्नको लागि भवनको आवश्यकता रहेकोले कानु अतिथि सदन पर्साको लागि जग्गा खरिद तथा भवन निर्माण गर्ने उदेश्य बोकी कानु अतिथि सदन पर्साको तदर्थ समिति गठन भएको छ ।
सो अतिथि सदन पर्साको तदर्थ समितिमा अध्यक्षमा नरेश कुमार साह, उपाध्यक्षमा श्रवण प्रसाद साह, श्याम प्रसाद गुप्ता, कोषाध्यक्षमा संजय गुप्ता, महासचिवमा बिरेन्द्र प्रसाद गुप्ता, सचिव विवेक गुप्ता, सदस्य अकलेश कुमार साह, बिजय कुमार गुप्ता, पप्पु कुमार गुप्ता, मुकेश गुप्ता, उमाशंकर गुप्ता लगायतको ११ सदस्यीय गठन भएको छ ।
उक्त छलफलमा सवैया साझेदारी वन व्यवस्थापन समुका अध्यक्ष लखनलाल साह कानु, मानिकचन साह, राजन कुमार साह, संदीप कुमार साह, सुनिल कुमार गुप्ता, विशाल कुमार गुप्ता, प्रकाश चन्द्र गुप्ता, विगु प्रसाद साह, अर्जुन गुप्ता, प्रदिप कुमार साह लगायतको उपस्तिथि रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button