अन्तराष्ट्रिय

भारतीय कम्पनी एनएचपीसीलाई सेती नदी– ६ को सर्वे लाइसेन्स, २ वर्षमा अध्ययन सक्ने

लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई अध्ययन अनुमति (सर्वे लाइसेन्स) दिएको छ।
सुदूरपश्चिमको अछाम र डोटीमा निर्माण प्रस्ताव गरिएको आयोजनाका लागि बिहीबार लाइसेन्स दिइएको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा गत भदौ २ गते भारतीय कम्पनीलाई संयुक्त रुपमा आयोजना विकास गर्ने गरि जिम्मा दिइएको थियो।

यो आयोजनाको हिमालन पावर कन्सल्ट्यान्टले सन् १९८७ मा प्रारम्भिक अध्ययन गरेर ६४२ मेगावाट प्रस्ताव गरेको थियो। जाइकाको सन् १९९३ को मास्टर प्लान अनुसार अध्ययन गरेको थियो। विद्युत विकासले तयार पारेको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार जडित क्षमता ४५० मेगावाट हुनेछ।

सर्वे अनुमति पाएको दुई वर्षमा कम्पनीले अध्ययनको काम सक्नुपर्नेछ। समझदारी भएको ६ महिनाभित्र सर्वे लाइसेन्सका लागि आवेदन दिनुपर्ने उल्लेख छ। सोही अनुसार कम्पनीले सर्वे लाइसेन्स पाएको हो।

कम्पनीले आयोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक र वातावरणीय पक्षको अध्ययन गर्नुपर्छ। अनुमानित लागत, बजार सुनिश्चितता, प्रसारणलाइन, वित्तीय स्रोतको उपलब्धता,परियोजना कार्यान्वयनका तरिका लगायत उल्लेख हुनुपर्नेछ।

अध्ययन सकेपछि परियोजना विकास सम्झौता (पीडीए) वार्ता हुने उल्लेख छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button