अन्तराष्ट्रिय

बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने

एजेन्सी
बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको छ । बेलायतले चिनियाँ स्वामित्वमा रहेको भिडियो शेयर गरिने एप टिकटकमाथि प्रतिबन्ध लगाउन लागेको हो ।

प्रधानमन्त्री ऋषि सुनकले यसअघि अमेरिकाको भ्रमणका क्रममा सरकारले ‘सरकारी उपकरणको सुरक्षा’लाई गम्भीरतापूर्वक लिएको बताउनुभएको थियो । सन्डे टाइम्सले गएको हप्ता नै साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिसको सुझाव दिएको उल्लेख गरेको थियो ।

टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ । आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली सङ्घ र अमेरिकाले पनि पछ्याउने सम्भावना रहेको खबरमा उल्लेख छ ।

अमेरिकाले टिकटककाे शेयर चीनले बेचेन भने प्रतिबन्ध लगाउने चेतावनी दिएको बीबीसीले जनाएको छ । तर चिनियाँ विदेश मन्त्रालयले वासिङ्टनलाई टिकटकलाई अनुचित रूपमा दबाउने काम बन्द गर्न आग्रह गरेको छ।

वी आर सोसल मार्केटिङ्ग एजेन्सीका अनुसार एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरूको साथ टिकटक विश्वमा छैटौँ सबैभन्दा बढी प्रयोग गरिएको सामाजिक प्लेटफर्म हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button