राजनीति

चिनियाँ कम्पनीहरूलाई कुलमानको चेतावनी– काम समयमा नगरे कार्यवाही चेतावनी

सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन र सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको निरीक्षण भ्रमण गर्दै आगामी असारभित्र निर्माण सक्न ती कम्पनीहरूलाई चेतावनी दिएका छन्।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटमध्ये भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ। आयोजना असारभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ।

यो सबस्टेसन निर्माण नभएमा मध्यभोटेकोसीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकी खेर जाने छ।

कार्यकारी निर्देशक घिसिङले त्यस्तो अवस्था आएमा १०२ मेगावाटको विद्युत् आयोजनाले बिक्री गरेर दैनिक रूपमा प्राप्त हुने आम्दानी हिसाब गरी ठेकेदार कम्पनीले बेहोर्नुपर्ने चेतावनी दिएका छन्। नेपालखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button