मधेसराजनीतिसमाचारसमाज

बाराका स्थानीयको विभिन्न समस्या बारे छलफल गर्दै : नागरिक उन्मुक्ति पार्टीका मधेश प्रदेश अध्यक्ष चौधरी

बारा,
विगत केही दिन देखि नेपाल विधुत प्राधिकरण द्वारा विधुतमा अनेक किसिमका समस्या देखाई अघोषित रुपमा लोडसेडिङ्ग गरेको भनि स्थानीय जनता द्वारा गुनासो आएकोले जनताको नेता जननेता नागरिक उन्मुक्ति पार्टीका मधेश प्रदेश अध्यक्ष रामचन्द्र चौधरी स्वयं आफै नेपाल विधुत प्राधिकरण कलैयाका कार्यालय प्रमख ऋषी कुमार वर्णवाल सँग जनताको समस्या राखेका छन् । नेपाल विधुत प्राधिकरणका कार्यालय प्रमुख वर्णवालले विधुतमा समस्या जिल्लाबाट नभई माथिल्लो निकायबाट भएको बताएका छन् । सुधारमा अझ केही दिन लाग्ने बताएका छन् ।
त्यस्तै गजंभवानीपुर देखि मलाही जाने बाटोमा थलही पुल जीर्ण अवस्थामा रहेको त्यो पुलको काम छिटो होस भनि बाराका प्रमुख जिल्ला अधिकारी सँग पनि कुराकानी गरेका थिए ।
जनताको काममा दिनरात अहोरात्र खट्ने नागरिक उन्मुक्ति पार्टीका मधेश प्रदेश अध्यक्ष चौधरीले जनताको लागि सधै खट्दै आएको र आउने दिनमा अझ कसरी जनताको काम सहज रुपमा हुन सक्छ भन्ने विषयमा बारा जिल्लाको विभिन्न निकायमा गई सम्बन्धित सरोकारवालाहरु सँग कुराकानी गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button