सोही क्षेत्र बाढीको मारमा परेका छन् । गहूँको पिठो पसलहरुमा पाउन मुश्किल छ । कालोबजारीले गर्दा वास्तविक मूल्यभन्दा दोब्बरमा किन्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा निम्न आयआर्जन गर्ने परिवारसमक्ष परिवारको भरणपोषण गर्नु एक कठिन चूनौंति बनेको छ । पाकिस्तान अन्न उत्पादनमा विश्वको आठौं मुलुकमा पर्छ । पाकिस्तानमा खेतियोग्य भूमि ८० प्रतिशतको हाराहारीमा छ । सिँचाइको पनि राम्रो व्यवस्था छ । तर, पाकिस्तानको बलुचिस्तान र सिन्ध प्रान्तमा गत, बर्ष आएको विनासकारी बाढीबाट हजारौं हेक्टरमा लगाइएका धानवाली नष्ट भएको थियो । त्यसको प्रत्यक्ष असर परेको छ । कृषि क्षेत्र तहसनहस हुँदा हरियो तरकारी, आलु, प्याँज र टमाटरको मूल्यबृद्धिले नयाँ उचाइ नै कायम ग¥यो । अहिलेपनि पाकिस्तानमा प्याँज प्रतिकिलो रु ३२० पर्छ भने गहूँको पिठो प्रतिकिलो रु १७० पुगेको छ । दलहन र तेलहनका साथै चीनीको मूल्यमा दोब्बरले बृद्धि भएको छ । पाकिस्तानमा आर्थिक सङ्कटको मुख्य कारण पाकिस्तान सैन्य शक्ति बढोत्तरीमा बढी केन्द्रीत भयो । विदेशबाट ऋण लिनेतर्फ बढी अग्रसर रह् यो । देशको आधारभूत आवश्यकताका लागि उद्योग व्यवसाय फस्टाउनुपर्ने तर्फ खासै ध्यान पु¥याएनन् । पश्चिमी राष्ट्रहरुको आर्थिक सहयोग लगभग बन्द भएपछि मुलुक सञ्चालनका लागि चीन, जापान, अमेरिका, इङ्गलेण्डलगायत अरब राष्ट्रहरुसँग ऋण लिन थाल्यो । त्यो ऋण यतिखेर, एकसय अर्ब डालरभन्दा बढी छ । पाकिस्तानको बजेटको तीन भागको एक भाग ऋणको किस्ता र व्याँज तिर्नुपर्ने हुन्छ । त्यसको प्रत्यक्ष असर विकास निर्माणमा पर्छ । पाकिस्तान आयातमाथि बढी निर्भर भयो । सो कारणले बर्षेनी व्यापारमा घाटा भइरहेको छ । २०१९ अगस्त ५ मा भारत सरकारले काश्मिरका लागि विशेष सुविधाको ३७०को अनुच्छेद संसद्बाट बहुमतले पारित गरी हटाएपछि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले भारतसँगको व्यापारमाथि अनिश्चितकालको प्रतिबन्ध लगाए । त्यसपछि, भारत र पाकिस्तानबीचको व्यापार ठप्प भयो । भारतबाट दैनिक उपभोग्यका सामान र विलासिता सामानहरुका साथै औंषधिलगायत अन्य विभिन्न किसिमका सामानहरु पाकिस्तान पुग्ने गरिन्थ्यो । व्यापार ठप्प हुनासाथ खाद्यान र तरकारीको मूल्यमा अप्रत्यासित रुपमा मूल्य बृद्धि भयो । पाकिस्तानलाई चाहिने अन्य खाद्यान र खानपिनका सामानहरु खासगरी, सउदी अरबबाट भित्रिन्छ । सउदी अरबले भारतबाट खरिद गरी पाकिस्तानमा निर्यात गर्छन् । भारतको व्यापार सउदी अरबसँग बृद्धि भयो । अर्कोतर्फ, जुन सामान सिधा भारतबाट भित्रिन्थ्यो अव, सउदीअरब भएर भित्रिँदा महङ्गोमा किन्नु परिरहेका छ ।
भारत र चीनबीच सम्बन्ध विग्रेको भएपनि व्यापार सुचारु नै छन् । त्यसआधारमा भारतसँग पाकिस्तानलाई विवादलाई थाँति राखी अतिआवश्यक सामानको आयात निर्यात सुचारु गर्नुपर्छ । त्यसबाट दुवै मुलुकका जनतालाई फाईदा पुग्ने कतिपय पाकिस्तानीको सो सुझाव छ भने कतिपयले कुनैपनि शर्तमा भारतसँग पुनः व्यापार सुचारु नगर्ने पक्षमा छन् । २०२२को जुन महिनादेखि अक्टुबरसम्म पाकिस्तानमा आएको बाढीबाट करिव साढे तीन करोड आवादी प्रभावित भएको थियो । पाकिस्तानको हालत यस्तो छ कि कन्जयूमर प्राइस इन्डेक्स (सिपिआइ) २०२२को डिसेम्बरमा बढेर करिव साढे २४ प्रतिशत पुगेको छ । गत बर्ष सोही अवधिमा १२.२८ प्रतिशत थियो । पाकिस्तानको तथ्याङ्क ब्यूरो (पिबिएस)अनुसार खाद्यानमा ३४ प्रतिशत, सवार ीसाधनको मूल्यमा ४१.२ प्रतिशत, कपडा र जुताको मूल्यमा १७ प्रतिशतले बृद्धि भएको छ भने कुखुराको मासु ६५० रुपैयाँ प्रतिकिलो भइसकेको छ । पाकिस्तानको अर्को विदेशी मुद्राका महत्वपूर्ण स्रोत स्रोत रेमिट्यान्स नै हो । तर, विगतका बर्षका तुलनामा सउदी अरब, संयुक्त अरब इमिरातलगायत कतिपय मुलुकले कडाइ गर्दा अधिकांस पाकिस्तानको रोजगार गुमेको छ । त्यसको प्रत्यक्ष असर विदेशी मुद्राको सञ्चितिमा प¥यो । अर्कोतर्फ, पाकिस्तानले पश्चिमी मुलुकमा प्लाष्टिकले बनेका र हस्त निर्मित सामानका साथै कपडालगायतका निर्यात गर्छन् । तर, कोरोनाको कारण सो क्षेत्र प्रभावित भएकाले कतिपयको रोजगारको अवसरमा गुमे र निर्माणपनि ठप्प भएको छ । मुलुक डिफाँल्ट कसरी हुन्छ ? ऋणमा डुबेको देशसँग कर्जा दिने देशको कमी भएमा सो राष्ट्र डिफाल्टर हुन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषपनि पैसा दिन डराउँछन् । सन् २०१२मा अर्जेन्टिना डिफाँल्ट भएपछि उनको घानामा रहेको नेवी सिप जफत गरिएको थियो । दिसम्बर १८९३मा ग्रीस डिफाँल्ट भएको थियो । तत्कालीन प्रधानमन्त्री केरिलाओस ट्राइकोपिसले डिफाँल्ट भएको घोषणा गरेको थियो । सन् १९३२ मा पनि सो देश डिफाँल्ट भएको थियो । सन् २००४ मा ग्रीसले ओलम्पिक ओलम्पिकको तयारीमा धेरै बढी खर्च गर्दा सो राष्ट्र पुनः डिफाँल्ट भएको थियो । तर, युरोपियन मुलुकलाई जानकारी हुन नदिनका लागि गोप्य राखिएको थियो । युरोपियन मुलुकले थाहा पाएपछि ग्रीस सरकारको सम्पतिको लीलाम गरेको थियो । अहिले पाकिस्तानले अमेरिका र लन्डनमा रहेका डिप्लोमेटिक इमारत र होटेल बेच्न खोज्दैछ । किन्ने ग्राह्क पनि तयार भइसकेका छन् । केही महिनाअघि, बेनेजुएला, श्रीलङ्का, इक्वाडोर र स्पेन बैङ्करप्ट भएको थियो । वेनेजुएलामा एक पाउरोटी को मूल्य हजारौं रुपैया भइसकेको थियो । अहिले केही सुधार भएको छ । पाकिस्तानको वित्तीय मामिलाको जाँच इजेन्सी फेडरल बोर्ड आँफ रेवेन्यूको पूर्वअध्यक्ष शब्बर जैदीले पाकिस्तानको चालु खाता र राजकोषको घाटालाई हेर्दा पाकिस्तान डिफाँल्ट हुने अवस्थामा पुगेको छ । कुनैपनि मुलुकको उन्नति निर्यातको वलमा हुन्छ । त्यसकारण, पाकिस्तानलाई निर्यात कसरी बढाउने भन्ने सम्बन्धमा बढी केन्द्रीत हुनुपर्छ ।
उनले हालै हमदर्द विश्वविद्यालयको एक भाषणमा सो सुझाव दिँदै ऋण लिने बेलामा व्याजको दरमा तर्कसङ्गत ढङ्गले निर्णय लिनुपर्ने थियो ।पाकिस्तान सरकारले उर्जा खपत कम गर्नका लागि बजार, माँललगायत बेलुकी १० बजेभित्र बन्द गर्न निर्देश दिएको छ । यस सन्दर्भमा पाकिस्तानको रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले यसो गर्दा ६० अरब रुपैयाँ बचत हुने बताएका छन् । सन् १९४७मा भारतबाट अलग भएर निर्माण भएको पाकिस्तानको ७५ बर्ष पुगेछ । यत्रो लामो अवधिमा कुनैपनि निर्वाचित सरकार पाँच बर्षको कार्यकाल पुरा गरेको छैन् । दलहरुबीच आन्तरिक मतभेदले गर्दा पटक पटक पाकिस्तानमा सेनाले सत्तामाथि नियन्त्रण गरेको हो । जेभएपनि राजनीतिक अस्थिरताले गर्दा पाकिस्तानको विकासले तीव्रता लिन नसकेको देखिन्छ । २०७८ साल २८ चैतमा शहवाज शरिफ प्रधानमन्त्री भएका हुन् । उनी पाकिस्तान पिपुल्स पार्टी र साना दलको सहयोगमा २३ औं प्रधानमन्त्री भएका हुन् । प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासमत गुमाएपछि उनको करिव चार बर्षको कार्यकाल सकिएको थियो । खान पाकिस्तान तेहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष हुन् । पाकिस्तानको आर्थिक अवस्था कमजोर भइरहेको समयमा शहवाज शरिफ प्रधानमन्त्री भएका हुन् । राजनीतिक परिवारका उनी पटक पटक पञ्जाव प्रान्तका मुख्यमन्त्री पनि भएका हुन् । पाकिस्तानका पटक पटक प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । ‘इतिश्री