शिक्षा

कलैया मैनेजमेन्ट +२ कलेज आज देखि विधिवत रुपमा उद्घाटन

बारा, १४ अषाढ

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नं. ६ मदर्साटोलमा रहेको मेरिगोल्ड सेकेन्ड्रि स्कूलको भवनमै एक भव्य सहारोहका बीच उद्धघाटन भएको छ । कलैया मैनेजमेन्ट +२ कलेजका अध्यक्ष नरेश प्रसाद यादव तथा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापित तथा कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख राजेश राय यादको प्रमुख आतिथ्यमा रिबन काटी उद्धघाटन भएको थियो ।

कार्यक्रममा कलैया मैनेजमेन्ट +२ कलेज प्रधानाध्यापक उमेश प्रसाद यादवले सबैको साथ सहयोगले हामी अगाडी बढ्ने तथा अगामी दिन कलैयालाइ शैक्षिक हबको  रुपमा बनाउने भनि स्वागत मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा श्री नेपाल राष्ट्रिय मा.वि. सिसवा महेशपुरका प्रधानाध्यापकले हाम्रो कलैया राम्रो कलैया बनाउने हाम्रो अथक प्रयास रहेको तर हाल नव निर्वाचित कलैयाका उपमहानगरपालिकाका नगर प्रमुख, उप-नगर प्रमुख लगायत कार्यपालिका सदस्य गैर जिम्मेवार भएको कारणले कलैयाको शैक्षिक गुणस्तर राम्रो हुन सकेको छैन । बारा पर्सा रौतहटको तुलनामा बारा र रौतहटको शैक्षिक गुणस्तर कम छ भनि आफ्नो मन्तव्य राखेको थिए ।

कार्य्रकमका प्रमुख अतिथि राजेश राय यादले कलैयालाइ शैक्षिक हब बनाउन सरकारी तथा निजी विधालय व्यवस्थित बनाउनु पर्छ । पहिला विधार्थीहरु बाहिर जिल्लाबाट  कलैयामा पढ्न आउथ्यो तर  आजकल कलैयाका अधिकाशं विधार्थी बाहिर पढ्न जानुको कारण अभिभावक तथा विधार्थीहरुको कलैयाको शिक्षामा विश्वास नहुनु हो । नयाँ सञ्चालनमा आउन लागेको यस कलैया म्यानेजमेन्ट कलेज सञ्चालक टिमलाई हार्दिक बधाई दिदै उत्तरोतर प्रगतिको कामना गर्दै आफुबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा दिनेश जैसवाल, नरेश प्रसाद यादव, बृजकिशोर मिश्रा, नाथु यादव, नेजीलाल साह, निरज कर्ण, सुजिता कर्ण, श्याम विकेश महतो, अभिषेक जैसवाल, सुनिता जैसवाल, विनय साह, उमाशंकर यादव, सन्तोष साह, कृष्ण मुरारी मिश्रा, मनोज शर्मा, बृजकिशोर साह, दिलीप यादव लगायत पत्रकार बारा दैनिकका संचालक मानिकचन साह, जनसत्ता नेपालका संचालक आर.एन. यादव, रेडिया तराइका प्रेस प्रतिनिधी राजु चौरसिया, भोजपुरी टाइम्सका प्रकाशक अजय कुमार चौरसिया, दैनिक वीरगंजका संचालक रंजित चौरसियाको उपस्तिथि रहेको थियो । भने कार्यक्रम संचालन सन्त ठाकुरले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button