चिनियाँ उद्योगपति ज्याक मा लाहौर तर्फ उडे

94

काठमाडौं, १४ असार । दुई दिने निजी भ्रमणमा आएका चिनियाँ उद्योगपति ज्याक मा नेपालबाट पाकिस्तानको लाहौर तर्फ उडेको छ ।
उनी चढेर आएको बोइङ जहाज बिहीबार दिउसो पाकिस्तानको लाहौर तर्फ उडेको त्रिभुवन विमानस्थल श्रोतले जनाएको हो । श्रोतले विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलालाई उढृत गर्दै ज्याक चढेको बोइङ ११.१५ मा उडेको थिए ।
ज्याक मा नेपालमा मंगलबार बंगलादेश बाट आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको साथै कालीमाटी तरकारी बजारको भ्रमणमा समेत पुगेका थिए । चिनियाँ उद्योगपति के का लागि नेपाल आएको थियो भने सोका बारेमा अहिले सम्म खुलेका छैनन् ।

Leave a comment