अपराध

साढे चार लाख भारुसहित दुई भारतीय पक्राउ

रौतहट : स्रोत नखुलेको रकम सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको मोतीहारी गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजातकुमार मालाकार र २२ वर्षीय सञ्जीवकुमार तिवारी ४ लाख ४९ हजार ५ सय भारतीय रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

सोमबार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार उनीहरू गौर नगरपालिका १ मा जाँच गर्ने क्रममा पक्राउ परेका हुन्।

बरामद भएको भारतीय रुपैयाँको स्रोत नखुलेको कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button