मधेसस्वास्थ्य

नेशनल मेडिकल कलेजलाई मधेस प्रदेशको उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत प्रधानमन्त्रीबाट सम्मानपत्र प्रदान

वीरगन्ज , ११ मंसिर 

वीरगन्जमा रहेकोे नेशनल मेडिकल कलेजलाई गत आर्थिक ०८०/०८१ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत प्रधानमन्त्रीबाट सम्मानपत्र प्रदान गरिएको छ । मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा भएको ७ औँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीलाई सम्मानपत्र प्रदान गरिएको हो ।

आठ जिल्ला रहेकोे मधेश प्रदेशमा ठूलो संख्यामा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य सेवामा उत्कृष्ट अस्पताल नेशनल मेडिकल कलेज वीरगन्ज भएकोले सम्मानपत्र प्रदान गरिएको नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक शाहनावाज अन्सारीले जानकारी दिए ।

उनका अनुसार सामाजिक सुरक्षा कोषले नेशनल मेडिकल कलेजलाई आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको घोषणा गरेको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल ,श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी सहितका अतिथिहरुको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button